नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र अपराह्न ४ बजेसम्मका लागि सारिएको छ।
नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यका अनुसार बन्दसत्र अपराह्न चार बजे सुरु हुने छ।
वर्षाका कारण बन्दसत्र अपराह्न ४ बजेसम्मका लागि सारिएको बताइएको छ।
बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ।

प्रतिक्रिया