मन्दिरभित्र पस्दै थिएँ। एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर, त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितरियाे। ढुंगाका टुक्राले देउतालाई र पुजारी दुवैलाई लाग्यो। म भने आत्तिएँ पनि सतर्क भएर बसेँ। पुजारीलाई सबैले सोधपुछ गरे।पुजारीलाई त्यहाँबाट अस्पताल लगियो।

देउतातिर कसैको ध्यान गएन। कसैले ध्यान नदिए पनि देउता खुसीसाथ मन्दिरमै बसे। मैलेँ देउतालाई राम्रोसँग नियालें। पुजारी मन्दिर फर्किएनन्। मन्दिरमा अचेल नयाँ युग सुरु भएको छ।