ऊ के हाे?
स्वर्णलिपिमा अङ्कित
आफ्नै इतिहास आफैं फर्केर मेट्न
पुच्छरमा इरेजर बाेक्ने
ऊ पेन्सिल हाे।
सुन्दर वाणी ओकल्ने
जीवन गतिमा प्राण भर्ने
किलकिले काेपर्न
बरफिलाे चिसाे भएर घुस्ने
ऊ घाँटीको टन्सिल हाे।
दृष्टिदाेष नभए अद्वितीय सजावटमा
भव्य कलाकारिता खर्चिएकाे
सलाईकाे एक काँटीले सल्किने
ऊ लाछामण्डित मञ्जिल हाे।
कसले छिद्र बनाइसकेकाे
कवाडमा दर्ज हुनै लागेकाे
विचारका वेगिला ज्वारभाटा राेक्ने
ऊ कठाेर फलामे जञ्जिर हाे।

प्रतिक्रिया