नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्याउन होण्डाले १ लाख अमेरिकी डलर सहयोग गरेको छ।
होण्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय Asian Honda Motor Co., Ltd. ले Thai Red Cross Society मार्फत उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो।
होण्डाले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावितहरूको शीघ्र पुनःस्थापनाको कामना गरेको जनाएको छ।
उक्त सहयोगले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका प्रयासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया