अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १८ हजार ३ सय ट्याब्लेट, डाईजेपाम ७ सय ८२ एम्पुल, फेनारगन ७ सय ८२ एम्पुल, बुप्रेनोर्फिन ७ सय ८२ एम्पुल र नगद ५ लाख ६० हजार ४ सय रूपैयाँ सहित ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-६ बस्ने ३४ वर्षीय विक्रम घले, मकवानपुर घर भएका २४ वर्षीय बिजय तामाङ, ३३ वर्षीय ललित बहादुर स्याङ्तान, काभ्रे घर भएका ३४ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ३२ वर्षीय रत्न तामाङ रहेका छन्। प्रहरी वृत्त थानकोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ नैकाप बस्ने ३४ वर्षीय बिक्रम घलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ४ सय ५० ट्याब्लेट, अवैध लागूऔषध पोलेन १ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ १० मिलिग्राम र नगद २ लाख ७९ हजार रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त थानकोट समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
साथै, प्रहरीले उक्त लागूऔषध लिन आएका मकवानपुर थाहा नगरपालिका-१२ घर बताउने २४ वर्षीय बिजय तामाङ गोलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नगद १६ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको छ।
उदयपुर, बेलका नगरपालिका-९ भचुवा बस्ने ३२ वर्षीय युवराज राईलाई अवैध लागूऔषध गाँजा १२ किलोग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
झापा, हल्दिबारी गाउँपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-८ बस्ने २७ वर्षीय महमत सुलेमानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले बनियानिबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.२ प ७३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङ, बेलबारी नगरपालिका-१ पानी ट्याङकी बस्ने २३ वर्षीय जके भन्ने बामदेव दर्जी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले बामदेवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
रौतहट, यमुनामाई गाउँपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो २ सय ५० ग्राम सहित दुर्गा भगवती गाउँपालिका-१ पिपरा टोल बस्ने २६ वर्षीय पुजन साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरीले बीआर ३० टि ५०९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

प्रतिक्रिया