नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया भोलि (शनिबार)बाट सुरु हुँदै छ। कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशन अन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुन लागेको नेपाली कांग्रेस चितवनले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

प्रदेश र जिल्ला तहको अधिवेशनबाहेक सबै तहका निर्वाचन असोज १९ गतेभित्र समपन्न हुने कांग्रेसले बताएको छ। चितवनमा १५ औँ महाधिवेशन अन्तर्गत असोज ३ वा ४ गते जिल्लाका ९८ वडामा नै अधिवेशन हुनेछ। असोज ७ गते पालिका अधिवेशन, असोज १० गते प्रदेशसभा तथा क्षेत्रीय अधिवेशन अधिवशेन हुने जिल्ला पार्टी सभापति राजेश्वर खनालले जानकारी दिए।

वडा, पालिका तथा क्षेत्रबाट चुनियर गएका महाधिवेशन प्रतिनिधिले असोज १६ देखि १९ गतेसम्म काठमाण्डौँमा हुने केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउनेछन् । प्रदेश र जिल्लाको अधिवशेन भने दशै तिहारपछि गर्ने तयारी भएको अध्यक्ष खनालले जानकारी दिए।

चितवन कांग्रेसले सबै वडाका क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा चितवनबाट २७ हजार पाँच सय जना क्रियाशिल सदस्य सहभागि हुनेछन्। जिल्लामा कांग्रेसको क्रियाशिल सदस्य केही घटेको जिल्ला सचिव धुर्व पोखरेलले जानकारी दिए। यसअघि १४ औँ महाधिवेशनमा २८ हजार २०० जना क्रियाशिल सदस्य रहेका थिए ।

निर्वाचन सफल बनाउनका लागि कांग्रेस केन्द्रले प्रतिनिधि तोकेर सबै जिल्लामा पठाएको छ । ‘अधिवशेनलाई व्यवस्थित, मर्यादित, उत्साहपूर्ण र प्रभावकारी रुपमा सम्पन् गर्न आवशयक तयारी छलफल, समन्वय तथा अन्तरक्रियाका लागि ९८ वटै वडा कार्यसमितिलाई बृहत वडा बैठक आयोजन गर्न पत्रचार गरेका थियौँ,’ उनले भने ‘सोही अनुसार भेला तथा बृहत बैठक आयोजना गरी अधिवशेनको तयारी सम्बन्धी आवश्यक छलफल र समन्वय गरिसकेका छन्।’

यसपटक कांग्रेस चितवनले वडा अधिवेशनबाट ९८ महिला वडा उपसभापतिको नेतृत्वमा आउने अवसर सुनिश्चित गरेको छ। यसैगरी १८९ जना युवा पुस्ताका लागि वडा कार्यसमितिमा स्थान सुनिश्चित गरिएको उनले बताए। ‘पार्टी संगठनलाई थप समावेशी र प्रतिनिधि मूलक बनाउने उद्देश्यले दलित समुदायको प्रतिनिधित्व समेत सुनिश्चित गरिएको छ। प्रत्येक वडाबाट कम्तीमा एक जना दलित सदस्यलाई प्रत्यक्षतर्फ वडा कार्यसमितिमा प्रतिनिधित्वको व्यवस्था गरिएको छ’ उनले भने ‘यो व्यवस्थाले पार्टीको आधारभूत तहको संगठनमा महिला, युवा तथा दलित समुदायको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासलाई संस्थागत गर्ने अपेक्ष गरिएको छ।’

चितवनको क्षेत्रीय प्रतिनिधिहरुको संख्या करिब ३१०० जना रहेछ । वडाबाट निर्वाचित हुने यी क्षेत्रीय प्रतिनिधिहरु आगामी चरणमा हुने पार्टीका विभिन्न तहका अधिवेशन तथा निर्वाचन प्रक्रियामा महत्वपूर्ण भूमिकामा रहने सचिव धुर्व पोखरेलको भनाई छ ।