वाल्मीकि विद्यापीठमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको भदो महिनाको तलबबाट रकम कट्टी गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

विद्यापीठमार्फत नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा राहत कोषका लागि रु.२३ लाख ५८ हजार ७ सय ६९ रुपैयाँ ९८ पैसा जम्मा गरिएको हो।

भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितहरूको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले प्राध्यापक तथा कर्मचारीहरूको तलबबाट उक्त रकम कट्टी गरिएको विद्यापीठले जनाएको छ।