काठमाडौं। कुसे औँसी: (बुबाको मुख हेर्ने दिन) को पवित्र अवसर पारेर बुढानीलकण्ठस्थित न्यु बालगृहमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ।
मिलिजुली सामाजिक प्रतिष्ठान र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा बालगृहका बालबालिकाहरूसँग आत्मीयता साटासाट गर्दै यो दिन उल्लासपूर्ण ढङ्गले मनाइएको हो। उक्त कार्यक्रममा बालगृहमा आश्रित रहेका २३ जना बालबालिकाहरूलाई स्नेहपूर्वक भोजन गराइनुका साथै उनीहरूको दैनिक जीवन सहज बनाउने उद्देश्यले विभिन्न आवश्यक खाद्यान्न सामग्रीसमेत हस्तान्तरण गरिएको कार्यक्रम संयोजक पूर्णिमा श्रेष्ठले जानकारी दिनुभयो।
चाडपर्व वा विशेष दिनहरूमा घरपरिवारबाट टाढा रहेका बालबालिकाहरूसँग समय बिताउन र उनीहरूको मुहारमा खुसी ल्याउन यस प्रकारका कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजक संस्थाले जनाएको छ। बालबालिकाको मुहारमा देखिएको चहकिलो मुस्कान र आँखामा झल्किएको खुसीले आजको दिनलाई अत्यन्तै भावुक र अविस्मरणीय बनाएको सहभागीहरूको अनुभव थियो।बालबालिकाको जीवनमा थोरै मात्र भए पनि खुसी र आशा छर्न सक्नु नै यस सामाजिक अभियानको मुख्य सफलता रहेको प्रतिष्ठानकी संरक्षक रारा सैंजुले बताउनुभयो।


समाजमा सकारात्मक सोच, आपसी सद्भाव र मानवीय सेवाको भावना फैलाउने मूल उद्देश्य बोकेर स्थापित मिलिजुली सामाजिक प्रतिष्ठानले आगामी दिनहरूमा पनि बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय वर्गको कल्याणका लागि यस्तै रचनात्मक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, समाजका सबै तह र तप्काबाट हुने सामूहिक प्रयासले मात्रै वास्तविक परिवर्तन सम्भव हुने आयोजकको निष्कर्ष रहेकोछ। सुरुवाती दिनदेखी नै प्रतिष्ठानले गर्ने हरेक सामाजिक कार्यमा गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र कोशेली छालाजुत्ता उद्योगको निरन्तर सहकार्य रहदै आएको सचिव अजय पाण्डेले बताएका छ्न ।
कार्यक्रममा खाना तथा खाजाको लागि आबश्यक तेल, चिनी, चना, अन्डा, चाउचाउ, बिस्कुट, र आटागरि करिब ३० हजार बराबरको सहयोग हस्तान्तरण गरेकोछ । २०५९ सालमा बाट संचालनमा आएको न्यु बालगृहमा हाल २३ जना बाललबालिका आश्रति रहेको बालगृहकी अध्यक्ष उर्मिला नेपालिले जानकारी दिनुभएकोछ । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालीले बालगृह विभिन्न सहगोगी हातहरुको सहयोगमा नै संचालन हुँदै आएको बताउनु भयो । मिलिजुली सामजिक प्रतिष्ठान तथा गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानले न्यु बालगृहलाई माया गरेर पटकपटक सहयोग प्रदान गर्दै बालगृहप्रती देखाएको माया र सदभावलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।


यस मानवीय तथा सामाजिक सेवा कार्यलाई सफल बनाउन प्रत्यक्ष रुपमा आर्थिक सहयोग गर्नुहुने कृष्ण श्रेष्ठ, रारा सैंजु, चक्रपाणी अर्याल, भगवान भण्डारी, टीका बिष्ट लगायत अप्रत्यक्ष रूपमा भौतिक तथा नैतिक सहयोग पुर्याउने सम्पूर्ण सहयोगी दाताहरू तथा शुभेच्छुकहरूप्रति प्रतिष्ठानले हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेको छ।
“सेवा गरौँ, माया बाँडौँ, मानवता जोगाऔँ” भन्ने मूल नाराका साथ सम्पन्न भएको यस कार्यक्रमले अरूको अनुहारमा मुस्कान ल्याउनु नै जीवनको सबैभन्दा ठूलो धर्म र उपलब्धि हो भन्ने गतिलो सन्देश दिएको छ।
साथै सोहिदिन प्रतिष्ठानले बुटवलस्थित श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्धाआश्रममा, आश्रति रहेका बुबा-आमाहरुलाइ मिष्ठान्न भोजन गराउनुको साथै तिज विशेष लत्ताकपडा र कोसेली प्रदान गरेकोछ ।



प्रतिक्रिया