रसुवा र तिब्बतको सिमानास्थित भोटेकोशी नदी क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीका कारण ठुलो जनधनको क्षति भएपछि विश्व चर्चित फुटबल क्लब एफसी बार्सीलोनाले गहिरो दुःख व्यक्त गरेको छ।
यस प्राकृतिक विपद्ले नेपाल र चीनको सीमावर्ती क्षेत्रमा ठूलो असर पुर्याएको छ। पछिल्लो जानकारीअनुसार यस विपदमा परेर नेपालमा ३५९ जना र चीनमा ३ जना गरी कुल ३६२ जनाको ज्यान गएको छ। त्यसैगरी, नेपालतर्फ ९१० जना र चीनतर्फ ५५८ जना गरी कुल एक हजार ४६८ जना बेपत्ता भएका छन्। बाढीका कारण धेरै संरचनामा पनि ठूलो क्षति पुगेको छ।
यस किसिमको कठिन घडीमा अन्तर्राष्ट्रिय स्तरबाट समेत नेपाल र प्रभावित क्षेत्रप्रति ऐक्यबद्धता प्रकट गर्ने क्रम जारी छ।
एफसी बार्सीलोनाले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘प्रियजन गुमाउने, बेपत्ता भएका परिवार र यस त्रासदीबाट प्रभावित सबै समुदायप्रति हाम्रो समवेदना छ।’

प्रतिक्रिया