त्रिविमा उपचाररत गिरीलाल बुढाथोकीलाई अस्पतालले डिस्चार्ज गरेको छ।
बुधबार बिहान रसुवाको टिमुरेमा आएको भोटेकोशीको विनाशकारी बाढीबाट भाग्ने क्रममा गम्भीर घाइते भएका गिरीलाललाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर दिउँसो काठमाडौं ल्याइएको थियो ।
उनको त्रिवि शिक्षण अस्पतालमा उपचारपछि आज डिस्चार्ज गरिएको छ ।
गिरीलाल आफू बाढीबाट बच्न सफल भए पनि परिवार सदस्य श्रीमती र चार छोराछोरीलाई बगाएको छ।
यो पनि पढ्नुहोस्
गिरीलालको शून्यता: परिवारका पाँचै जना आँखा अगाडि बगे, आफू कान्लो समातेर बाँचे

प्रतिक्रिया