रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले बिहीबार बिहान ५:०० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा बाढीका कारण ज्यान गुमाउनेको संख्या १६२ पुगेको हो।
प्रहरीका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २०, चितवनमा ६४, गोरखामा २०, तनहुँमा नौ, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा दुई जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार बाढीमा परी ४१ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा प्रहरीले खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने बेपत्ता तथा प्रभावितको खोजी र उद्धार कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले बिहान ५:०० बजेसम्म उपलब्ध गराएको जानकारी हेर्नुस्


प्रतिक्रिया