भोटेकोशी नदीमा आएको बाढीमा परेका शव चितवनमा फेला पर्न थालेका छन् । राति ८:३० बजेको समय सम्ममा चितवनमा मात्रै ५३ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
‘शव फेला पर्ने क्रम जारी छ, हामी शव व्यवस्थापनमा लागि परेका छौं’–प्रहरी प्रमुख पौडेलले भने ।
रसुवाबाट दिउँसो बाढी चितवन आइपुगेपछि चितवनमा शव फेला पर्न थालेका हुन् । चितवनमा नारायणगढ क्षेत्रबाट ३७ वटा शव फेला परेको छ भने फिस्लिङदेखि मुग्लिनसम्ममा १६ जना गरि ५३ जनाको शव फेला परेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया