चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशीमा आएको ठुलो बाढीका कारण बुधबार बिहान ११:४३ बजे फुर्के (मलेखु) जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतहले खतरा तह पार गरेको छ।
जलसतह अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले नदी आसपास डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

प्रतिक्रिया