नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
सभापति थापाले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहँदै सुरक्षित स्थानमा बस्न आग्रह गरेका हुन्।
उनले विपद्को यस अवस्थामा सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहतमा केन्द्रित हुन अनुरोध गरेका छन्। विपद् व्यवस्थापनका लागि सरकारले गरिरहेको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने थापाले बताएका छन्।
सभापति थापाले नेपाली कांग्रेसका सम्पूर्ण समिति तथा विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नेतृत्व तथा सबै सदस्यलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार तथा राहत कार्यमा तत्काल जुट्न र आवश्यक सहयोग गर्न अपिल गरेका छन्।

प्रतिक्रिया