बाराकी तीन वर्षीय बालिका गरिमा चौधरिको हत्या प्रकरणलाई लिएर गायिका ज्योति मगरले गृहमन्त्रीलाई कटाक्ष गरेकी छन्।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले गरिमाको आमाबुबासँग कुरा गर्दा आफू भुईँमा बसेर गृहमन्त्रीले पब्लिसिटी स्टन्ट गरेको आरोप लगाइन्।

सामाजिक सञ्जालमा फैलिएको भिडियो देखेर आफूलाई दुखी बनाएको बताउँदै उनले भनिन्, ‘३ वर्षको बालिकामाथि भयको त्यो जघन्य अपराध ले सारा देश भरीका आमा, छोरी, चेली रोइरहेको बेला, सारा देशले न्याय मागिरहेको बेला त्यी काख रित्तिएका विवश आमा बाउलाई एउटा कोठाको सोफामा राखेर क्यामरा तेर्साएर आफू भुईँमा बसेर गृहमन्त्रीले पब्लिसिटी स्टन्ट गरेको देख्दा निःशब्द भए।’

अरूले सिकाएको शब्द गरिमाको आमाबुवाले दोहोर्‍याएको आरोप लगाउँदै उनले भनिन्,‘ अझ धेरै मुटु त त्यो बेला दुख्यो त्यी बालिकाको बाबु आमाले हामी खुसी छौ भन्दै क्यामरामा हासे र जानी नजानी पछाडिबाट सिकाको शब्दहरू दोहोर्‍याउने प्रयास गरे।’

उनले थपिन्, ‘यता प्रत्येक पल पलमा सोसल साइटबाट म जस्ता हजारौँ लाखौँ नारीहरूको स्वाभिमान र चरित्रको बलात्कार गरिन्छ तर पनि न्याय चुपचाप छ, मौन छ…ठ्याक्कै यही कालो रात जस्तै।’