रौतहटको एक सुधार केन्द्रमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ।
गौर नगरपालिका-४ स्थित युवा राइज सुधार केन्द्रमा हात धुने क्रममा करेन्ट लाग्दा भारतको बिहार, बेतिया निवासी ३४ वर्षीय विकास रायको ज्यान गएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका रायलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिए।
प्रहरीका अनुसार मृतक राय विगत पाँच महिनादेखि सोही सुधार केन्द्रमा बस्दै आएका थिए।
हाल उनको शव प्रादेशिक अस्पताल गौरमै राखिएको छ भने घटनाबारे भारतस्थित उनका आफन्तलाई खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया