बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा आरोपित किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।
बयान कक्षभित्रै खिचिएको संवेदनशील भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी हवल्दार कुमारलाई पक्राउ गरी हिरासतमा राखिएको हो।
बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका ती प्रहरीविरुद्ध फौजदारी कसुरमा कारबाही अघि बढाउने तयारी भइरहेको छ।
प्रहरीले भिडियो बाहिरिएको विषयमा आन्तरिक अनुसन्धान गर्दा भिडियो खिच्ने प्रहरीबाटै उक्त फुटेज सार्वजनिक भएको हुनसक्ने देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
यसैबीच, भिडियो खिच्ने क्रममा बयान कक्षमा अन्य पाँच जना प्रहरीको समेत उपस्थिति देखिएको छ। उक्त समयमा उपस्थित ती प्रहरीहरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया