चर्चित संगीतकार हरि लम्सालको डेब्यु निर्देशनमा रहेको चलचित्र ‘बा एक योद्धा’ को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ।
उनले यो चलचित्रमार्फत निर्देशनमा पाइला चालेका हुन्। काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रमबिच लम्सालले आफ्नो जीवनको लागि यो महत्त्वपूर्ण यात्र रहेको व्याख्या गरे। उनैको लेखनमा निर्माण भएको ‘बा: एक योद्धा’ रहेको छ।
संसारको सबैभन्दा गाह्रो कामको रूपमा उनले चलचित्र निर्देशन रहेको व्याख्या गरे। आफूलाई पहिल्लैदेखि कथा सुन्ने, मनन गर्ने र आफूले रचना गरेको कथा यहाँसम्म आइपुग्नमा चलचित्रको निर्माता वसन्त लम्सालको हात रहेको उनको भनाइ छ। यसले आफ्नो परिचयलाई फराकिलो बनाउन सहयोग गर्छ, उनले उल्लेख गरे।
यस अघि २०८२ मा प्रदर्शनमा आएको वसन्त लम्सालको लगानीमा बनेको चलचित्र ‘कर्मा’ व्यावसायिक रूपमा सफल रहेन। निर्माता वसन्तले आफ्नो लगानी समेत उठाउन सकेनन्। अनि किन यति छिटो फेरी निर्माणमा लागे त उनी? धेरैको प्रश्न हुन सक्छ त्यसैलाई लिएर उनले ‘बा: एक योद्धा’ को कथाले आफ्नो मन छोएको उल्लेख गरे।
यसअघिको उनको चलचित्र ‘कर्मा’ मा केही प्राविधिक कमी कमजोरीका कारण चलचित्रको कमी कमजोरी केलाउन नपाएको र चलचित्रको प्रिमियममा समेत आफूले हेर्न नपाएका कारण उनले चलचित्रमा केही असर परेको उल्लेख गरेका छन्।
तर ‘बा: एक योद्धा’ मा भने आफ्नो तर्फबाट कुनै कमी नरहेको उनको बनाई छ। यो चलचित्रले आफूलाई काहीँ न काहीँ पुर्याउने उनले विश्वास व्यक्त गरेका छन्।
यसैबिच अभिनेता दिव्यदेव पन्तले आफ्नो उमेर भन्दा २०, २५ वर्ष बढी भएको व्यक्तिको पात्रमा देखिने छन्। उनी चलचित्रमा सुहाना थापाको बाको भूमिका खेलेका छन्। उनलाई सुरुवाती चरणमा निर्माण पक्षबाट अर्को पात्रको प्रस्ताव आएको थियो, तर ‘जब मैले बा पात्र पढे मलाई चरित्रले मन छोयो।
जस कारण मैले यो पात्रलाई चयन गरेको’ उनको भनाई छ। उनले थपे ‘म यस अघि एउटा यस्तो अवस्था पार गरिरहेको थिए जहाँ अब के गर्ने भन्ने लागेको बेला यो पात्र मेरो हात परेको र यो मेरो लागि महत्त्वपूर्ण रहेको छ।’
चलचित्र ‘बा: एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए । चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
हरि लम्सालको निर्देशन तथा लेखनमा तयार भएको यो चलचित्र भदौ १९ देखि प्रदर्शनमा आउने तयारीमा छ।

प्रतिक्रिया