काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।
दाङको घोराही उपमहानगरपालिका-१७ घर भई हाल सोही होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीमाथि होस्टलमै बस्ने अन्य दुई युवाले आक्रमण गरेका थिए। बाराको कलैया उपमहानगरपालिका-३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कालाथोकीमाथि कुटपिट र धारिलो हतियार प्रहार गरेका हुन्।
आक्रमणबाट गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गहिरो चोट लागेका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
घटनामा संलग्न शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। घटनापछि फरार रहेका प्रमित पटेलको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया