गोरखाको सिरानचोक गाउँपालिका-६ नयाँसाँघुबाट फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने १ जना र लाइसेन्स नभएको भरुवा बन्दुक राख्ने १ जना गरी २ जनालाई पक्राउ गरिएको छ।
भीमसेन थापा गाउँपालिका-२ सुनार गाउँ घर भई हाल पालुङटार नगरपालिका-१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनारले आफ्नो फेसबुक आईडी ‘ प्रेम सुनार’ मार्फत भरुवा बन्दुक लिएको फोटो पोस्ट गरेपछि पक्राउ गरिएको हो।
प्रेम सुनारलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उक्त भरुवा बन्दुक पालुङटार नगरपालिका-१ खोप्लाङ बस्ने ३३ वर्षीय विष्णु सुनारको भएको खुलेपछि उनलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया