शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन शुक्रबार धनगढी जाने भएका छन्।
आगामी नयाँ शिक्षा ऐन निर्माणअघि सरोकारवालासँग राय-सुझाव संकलन गर्न मन्त्रालयले सातै प्रदेशमा चलाइरहेको अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशमा यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालाहरूसँग विद्यालय शिक्षा सुधार र बन्न लागेको शिक्षा ऐनका विषयमा प्रत्यक्ष छलफल तथा अन्तरक्रिया हुनेछ।
संवाद कार्यक्रमबाट आगामी शिक्षा ऐनमा समेटिनुपर्ने महत्त्वपूर्ण विषय, विद्यालय शिक्षामा देखिएका समस्या र तिनका व्यावहारिक समाधानका उपायबारे सुझाव संकलन गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधारको नीतिमा समेट्ने उद्देश्यले यो देशव्यापी अभियान सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया