सुर्खेतमा जेसीबी दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।
बिहीबार सुर्खेतको बराहताल गाउँपालिका–७ नयाँवनस्थित भित्री सडकखण्डमा सडक निर्माणको काम गर्दै गरेको जेसीबी भिरमा खस्दा चालक बराहताल गाउँपालिका–५ बस्ने करिब ३३ वर्षीय रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए।
भे.१ ग १२७ नम्बरको जेसीबी बाटो सफा गर्ने क्रममा सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
घाइते लामिछानेलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया