पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको शव आज क्याम्प १ सम्म ल्याइने भएको छ।

उद्धारका लागि पाकिस्तान पुगेका तथा दिवंगत आरोही निर्मल पुर्जाका व्यवसायिक साझेदारसमेत रहेका सांसद मिङ्मा डेभिड शेर्पाका अनुसार ग्राउन्ड टिमले हाल रहेको स्थानबाट शव क्याम्प १ सम्म ल्याउने योजना बनाएको छ। त्यसपछि सोमबार जापानी क्याम्पसम्म पुर्‍याइनेछ।

ब्रोड पिकमा आरोहणका क्रममा आएको हिमपहिरोमा परी नेपाली ६ जनासहित १० जना आरोही बेपत्ता भएका थिए। त्यसपछि गरिएको खोज तथा उद्धार अभियानका क्रममा उनीहरू मृत अवस्थामा फेला परेका हुन्।