सुनसरीको देवानगञ्जमा आइतबार राति हिंसात्मक घटना भएपछि शान्ति–सुरक्षा मजबुत बनाउन र सद्भाव कायम गर्न सर्वदलीय बैठकले अपिल गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा सोमबार दिएको इनरुवामा बसेको सर्वपक्षीय बैठकमा सद्भाव कायम राख्न अपिल गरेको हो।

बैठकमा सहभागीहरूले गृह मन्त्रालयद्वारा गठित पाँच सदस्यीय छानबिन समितिलाई घटनाको निष्पक्ष छानबिनका लागि आवश्यक सहयोग गर्ने, घटनालाई लिएर उत्पन्न परिस्थितिलाई थप जटिल बन्न नदिन सबै पक्षले संयम अपनाउने र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी घिमिरेले बैठकमा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

गृह मन्त्रालयले कप्तानगञ्ज घटनाको छानबिन गर्न सोमबार नै पाँच सदस्यीय समिति गठन गरेकाले तथ्य बाहिर आउने भएकाले थप कोही कुनै समुदायमाथि अप्रिय घटना नगराउन सरोकारवलाहरुले अपिल गरेको छ।