प्रहरीले मिनी ट्रकको छतमा फल्स बटम बनाएर लुकाइएको ४५४ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो बर्दिबासबाट खटिएको टोलीले सिन्धुलीको भिमानबाट महोत्तरीतर्फ जाँदै गरेको बा ४ ख ५६१२ नम्बरको मिनी ट्रकलाई महोत्तरीको बर्दिबास नगरपालिका–३ मा शङ्काका आधारमा रोकी जाँच गर्दा ट्रकको छतमा बनाइएको फल्स बटमभित्र ६० वटा पोकामा लुकाएर राखिएको ४५४ किलोग्राम गाँजा फेला पारेको हो।
गाँजासहित प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–३ निवासी २६ वर्षीय बिश्व तामाङ पक्राउ गरेको छ।
उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबास, महोत्तरीमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजासँगै मिनी ट्रक, सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब तथा एक थान मोबाइल फोन समेत बरामद गरेको छ।

प्रतिक्रिया