एक जनाको ज्यानजानेगरी भएको देवानगन्ज घटनाको विरोधमा विराटनगरमा पनि प्रदर्शन भएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको घटनाको विरोधमा विराटनगरमा सोमबार बेलुका हिन्दु समाजले प्रदर्शन गरेको हो ।
हिन्दु समाजले र्यालीसहित बिरोध प्रदर्शन गरेको थियो । हिन्दु समाजविराटनगरको आह्वानमा विराटनगर बजारका पसलहरु बेलुका ५ बजेदेखि ७ बजे सम्म बन्द गरिएको थियो । प्रदर्शनमा सहभागीले पीडितलाई न्यायदिन, घाइतेको उपचार गर्न र दोषीहरूलाई कडा कारबाहीगर्न माग गरेका थिए ।

प्रतिक्रिया