चैत ११, काठमाडौं  सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनका लागि सिफारिस समिति र सहज कमिटी गठन गर्ने विषयमा सहमति जुटेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार बसेको ३ दलका शीर्ष नेताहरुको बैठकले सिफारिस समिती र सहज कमिटी गठन गर्ने सहमति जुटेको जानकारी दिएका छ्न । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि सिफारिस गर्ने समिति बनाउन ३ दलका शीर्ष नेताबीच सहमति जुटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार अग्नि खरेलले नेपाल सरकारले गठन गर्ने दुवै आयोगको नियुक्ति प्रक्रियाका लागि सिफारिस समिति र सहज कमिटी गठन गर्ने विषयमा सहमति जुटेको जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड लगायत नेताहरू सहभागी थिए ।