छोरा तिमी मलाई बाबा भन्छौ।

कतिपय त ड्याडी भन्छन् ,,

तर तिमीहरू बाबा भन्छौं

म अधिक खुसी छु!

किनभने भने हामीले भन्ने बाबा नै हो !

जे भनेर बोलाउँछौ

नेपालीपनमा बोलाउँछौ

ड्याडीलाई विस्थापन गर्यौ!

नेपालीलाई धारण गर्यौ!

बाबामा कति मिठासपन छ है

कति लालित्य छ,कति सामिप्य छ!

न जोख्न न लेख्न नै सकिन्छ

अमापनीय छ

त्यति ड्याडिमा छैन!

तिम्रो सुमधुर बोलीमा

नेपालीको प्राण र त्रान छ!

संस्कृति छ ,सुनौसुनौ लाग्ने सुबास छ।

यसैले त मलाई

बाबा भएकोमा गर्व छ!

बाबाले निभाउन पर्ने भूमिका

पूरा गर्न त सकिरहेको छैन !

कमी भएको छ ,कमजोरी छ!

उति भने जस्तो लाउन ,खान

र दिनुपर्ने मनोरञ्जन र खुख

दिन नसकेकोमा ग्ल्यानी छ ,,

उम्दाहरूले लाए पाएजस्तो

भेटाएका छैनौ ,,,

तै म धेरै खुसी छु छोरा!

यस मानेमा म खुसी छु कि

बुझ ,गहिरिएर बुझ !

बा–बा-मा- नै तिमिले सब पाउँछौ!

बाबा नहुँदाको पीडा कि मलाई थाहा छ,

कि बाबा देख्न नै नपाएकालाई थाहा छ!

केही नदिओस ,नपाइयोस तर

बाबा भन्न र सगै रम्न पाउनु ,,

शुष्क पौषमा

रापिलो घाम तापेको आभास हुन्छ।

सगरमाथाको शिरमा पुगेर ,

झण्डा फहराउँदै उचालेको भन्दा ,

कम खुसी हुदैन ,,।

यो कुरा बाबा नभएका

र भन्न नपाएकालाई सोधे पुग्छ!

त्यही भएर मेरो तिमीहरूलाई ,,

अन्तरस्करणदेखी आशिर्वाद छ।

छोरा, तिम्रो जीवनमा

सकारात्मकताबाहेक

अर्को भाव प्रकट नहोस् !!

तिम्रो अनुहारमा

यति चमक आओस् कि

सौर्य किरणहरू पनि

त्यो चमकमा बिलाउन!

दुःखको आभास नगर्नु

जहिल्यै नि दुखभित्र

सुखको आखी भौ देख्नु !

कुनै पल तिमी पीडा,रोदन र क्रन्दनमा पर्न सक्छौ !

हो त्यही पीडाको गर्भमा

आनन्दीको बिजारोपण गर!!

मानौ तिमीले अभुतपुर्ब ,

सफलता पाएका छौ!!

मन न हो धेरै कल्पनामा डुब्न सक्छौ

तिमीले गरेका,सोचेका मनरूपी सपनाहरू,

बिपनामा प्रकट गर्न

बुद्धको जस्तो साधना र कर्म गर!

कर्म त काम हो

कामका लागि पलपल

अगाडि बढ,

नथाक निरन्तर कर्म गर!

गन्तव्यमा पुग्न अथक प्रयासको खाँचो छ!

क्षणक्षणमा

गति रोकिन सक्छ

सहास गर पदचापमा गति देउ।

याद गर प्यास मेट्न

आफै कुद ,,

नदि भेट्टाउ र मेटाउ प्यास !!

प्यास मेटाउदाको आत्मियता

कति महँगो छ।

बुझ, बुझ अझै बुझ !!

तिमि सगरमाथाको उचाइमा बस्नु !!

समुद्रको गहिराइमा पुग्नु

मनभित्र मन बाँध्नु

अशक्तको सेवा गर्नु

वृद्धको स्याहार गर्नु

अन्यायविरुद्धमा संख बजाउनु

न्यायपुर्ण समाजका लागि एकीकृत हुनु

यसका लागि

मन ,वचन र कर्मले कति लागियो

मात्रै होइन कति काम गरियो

भन्ने कुरा याद गर ।

म यही चाहन्छु

तिमी त्यही गर

अविराम कर्म गर

अथक प्रयास गर

यही हो जीवन

यही कर्म र धर्म

तिमी हाँस म हाँस्छु

सुखी र खुसी बन

सबलाई हसाउ र नचाउ

आशीर्वाद छ छोरा

आशीर्वाद छ!!