नायिका निता ढुङ्गानाले बाल कलाकार अशोक दर्जीलाई चरित्रहत्या गर्ने तथा धम्की दिएको आरोप लागेका व्यक्तिहरू हाल फरार रहेको र उनीहरूको खोजीकार्य प्रहरीले गरिरहेको बताएकी छन्।

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार घटनामा संलग्न भनिएका व्यक्तिहरू सम्पर्कविहीन रहेको र उनीहरूको खोजी तीव्र गरिएको बताएकी छिन्।

सामाजिक सञ्जालमार्फत ढुङ्गानाले गलत काम गर्नेहरू नै भाग्ने गरेको भन्दै सत्य अन्ततः स्थापित हुने विश्वास व्यक्त गरेकी छन्। उनले अशोक दर्जीले आफूलाई घटना भएको केही दिनमै सम्पर्क गरेर आफूलाई बदनाम गर्न खोजिएको, आफ्नो काम रोक्ने प्रयास भएको र त्यसैले तत्काल प्रहरीमा निवेदन दिएको जानकारी गराएको बताइन्।

ढुङ्गानाले सानै उमेरमा अशोकले ठूलो मानसिक तनाव सहनुपरेको भन्दै प्रहरीमा उजुरी दिएर कानुनी प्रक्रियामा जानु अशोकको सही निर्णय भएको बताएकी छिन्। उनले अशोकलाई इमानदार र मेहनती कलाकारको रूपमा चित्रण गर्दै कसैको चोरी गर्ने व्यक्ति नभएको र सार्वजनिक भएको भिडियोपछि अशोकले भोग्नुपरेको पीडा आफूहरूले नजिकबाट महसुस गरेको बताएकी छन्।

ढुङ्गानाले घटनालाई योजनाबद्ध रूपमा अशोकलाई बदनाम गर्ने प्रयास भएको र सत्य, मेहनत र इमानदारीकै जित हुने विश्वास व्यक्त गरेकी छन्।