रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ चिलिमे पुलस्थित पासाङ ल्हामु सडकखण्डमा (ईभी) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

शनिबार साँझ करिब १७:४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ‘अन टेस्ट’ भ्यान सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो ।

दुर्घटनामा परेको गाडीका चालकको नाम, थर र ठेगाना खुल्न नसकेको र गाडीमा अन्य व्यक्ति थिए वा थिएनन् भन्ने तथा मानवीय क्षतिको यकिन विवरणसमेत प्राप्त हुन सकेको छैन ।

बेपत्ता चालक तथा नदीमा खसेको ईभी गाडीको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।