सिरहाको गोलबजारमा भएको घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय समिति गठन गरेको छ।

बिहीबार दिउँसो गोलबजारमा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएपछि घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी कार्यालयले छानबिन समिति बनाएको हो।

समितिको नेतृत्व मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालले गरेका छन्। समितिमा प्रहरी निरीक्षक (इन्सपेक्टर) यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक (असई) गोविन्द झा सदस्य रहेका छन्।

समितिले घटनाको कारण, संलग्न पक्ष र प्रहरीको भूमिकालगायत विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउने जनाइएको छ।