सुनसरी घटनामा घाइते भएका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगेका छन्।
गृहमन्त्री गुरुङ स्वास्थ्य मन्त्री निशा मेहतासहित विराटनगरस्थित अस्पतालमा पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
उनीहरूले घाइतेहरूको उपचार, स्वास्थ्य अवस्था र आवश्यक व्यवस्थापनका विषयमा अस्पताल प्रशासनसँग समेत जानकारी लिएका छन्।
गृहमन्त्री गुरुङ घाइतेहरूको अवस्था बुझ्न विराट नर्सिङ होम पुगेका हुन्। सो अवसरमा स्वास्थ्यमन्त्री मेहता पनि सँगै उपस्थित थिइन्।

प्रतिक्रिया