पुष ५, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यसअघि विवादित बनेको अन्तरपार्टी निर्देशन (अपानि–११) सच्याएको छ । यही पुस २ र ३ गते बसेको सचिवालय बैठकले अपानि सच्याएको हो ।
यसअघि असोज ५–७ मा बसेको सचिवालय बैठकपछि अध्यक्ष माधवकुमार नेपालले विभिन्न जिल्लाका इन्चार्ज र सह-इन्चार्जहरुको जिम्मेवारी तोक्दै २१ जना नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारीसहित अपानि जारी गरेका थिए । तर उक्त जिम्मेवारीप्रति सम्मानित नेता झलनाथ खनालसहितका नेताहरूले चर्को असन्तुष्टि जनाएका थिए । नेताहरूको चर्को असन्तुष्टि पछि नेपालले अपानि सच्याएर पठाउने बताएका थिए । (रातोपाटी बाट साभार)

प्रतिक्रिया