काठमाण्डौ, असोज ५, प्रतिनिधीसभाका उपसभामुख इन्दिरा राना रुसी महासंघको पाँच दिने औपचारिक भ्रमण सकेर शनिवार साँझ स्वदेश फर्कनु भएको छ ।
रसियाको सेन्टपिर्टसवर्ग शहरमा भएको चौथो यूरेशियन महिला फोरममा सहभागी भएर उपसभामुख राना स्वदेश फर्कनु भएको हो ।
रुसी महासंघ र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते–सेप्टेम्बर (१८–२०)सम्म चौथो यूरेशियन महिला फोरम सञ्चालन भएको थियो । उपसभामुख रानाले उक्त फोरमलाई असोज २ गते सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले महिला तथा बालबालिकाको अधिकार उपभोगमा देखिएका चुनौती तथा प्रविधीको प्रयोगबाट आएका बिकृती रोक्ने बिषयमा आफ्ना धारणा राख्नुभएको थियो ।
उपसभामुख राना फोरममा सहभागी हुन असोज १ गते रसिया प्रस्थान गर्नुभएको थियो ।
समाप्त
उपसभामुख राना स्वदेश फिर्ता
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया