१३ कार्तिक, काठ्माण्डौ। राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा पुर्व राजदुत डा. मोहनमान सैंजु स्वर्गारोहणको १३ औ दिनमा श्रदान्जली सभा सम्पन्न भएको छ ।
ललितपुरको सानेपास्थित क्लासिक भेन्युमा पुर्व राजदुत तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. मोहनमान सैंजु स्वर्गारोहणको १३ औं दिनको पुण्यतिथिको अवसरमा आइतबार श्रदान्जली सभाको आयोजना गरिएको सैंजु परिवारले बताएको छ ।
श्रद्धाञ्जली सभामा सम्बोधन गर्दै पूर्व अर्थमन्त्रि तथा पूर्व राजदूत डा. भेषबहादुर थापाले डा. सैजुको प्रतिभा को मुल्यांकन गरेर तत्कालीन अवस्थामा भूमि सुधार र अनिवार्य बचत जस्ता निक्कै कठिन कार्यको जिम्मेवारी दिन आफुले सैंजु लाई भन्दा उनले शाखा अधिकृतमा भए नखाने भने पछि बिशेष निर्णय गरेर बिशेष अधिकृत को पद दिएर भूमि सुधार बिभाग को डाईरेक्टर भएको कुरा स्मरण गरे I साथै , कस्तो परिबेशमा राजा बीरेन्द्रले उनलाई अमेरिकाको राजदूत नियुक्त गरेका थिए भन्ने बारे समेत स्मरण गरेका थिए I
सामाजिक संस्था टेवामा समेत महत्वपुर्ण भूमिका खेलेको बताउदै टेवासंग आबद्ध रीता थापाले डा. सैंजु को भौतिक शरिर हामि बीच नभए पनि उनले सिकाएर र देखाएको बाटो र आफु र भावि सन्ततिले कहिल्यै नभुल्ने बताउनु भयो । उनि निष्ठाका आदर्श पुरुष थिए I पेशागत हिसाबले सधै “तिमि सक्छौ” र “हनुमान लाई अरुले शक्ति छ” भनेर देखाए जस्तो उत्प्रेरक को काम गरि प्रोत्साहित गरेको स्मरण गर्नुभयो ।
स्व. सैंजुकी धर्मपत्नी माधुरी सैंजुको माईति परिवारको तर्फबाट डा. प्रमोद श्रेष्ठले डा. सैजु नेपालकै रत्न रहेको र उनि बिकाशको बारे अबधारणा करीब १० बर्ष योजना आयोगमा रहदा निकै प्रष्ट र प्रभावकारी ढंगले संचालन गर्नुको साथै ईस्कापमा राम्रो प्रभावकारी भूमिका निभाएको स्मरण गरे I कार्यक्रम संचालक तथा माधुरी सैंजुका भाई नरेन्द्र श्रेष्ठले डा. सैंजु संगको सामिप्यता करीब ५० बर्ष लामो रहेको र २०४६ सालको जन आन्दोलनको बेलामा उनि अमेरिकामा हुदा समेत डा. सैंजुको धारणा बारे समेत प्रकाश पारेका थिए I
श्रद्धाञ्जली सभामा बोल्दै डा. बिना प्रधानले उनले बुधबारे देखि जागीर खाएपछि त्रि. बि. मा शिक्षाध्यक्ष् हुदा समेत उनको वाक शक्ति र अरुलाई सहमत गराउने बुद्धि र क्षमता डा. सैंजुमा रहेको स्मरण गर्नुभयो I टोल सुधार समिति समाज , सानेपाका पदाधिकारी सरला के सी ले डा. सैजु उनको टोलको लागि एक अभिबाहक रहेको र उनको मरण ले त्यो रिक्तता को अनुभब सधै खटकी रहने बताउनु भयो I
युनिफेमका तत्कालीन क्षेत्रिय निर्देशक तथा पदमकन्या कलेजमा समेत अग्रेजी प्राध्यापन गर्ने चादनी जोशीले निकै भाबुक मुद्रामा आफ्नो अस्वस्थता को बाबजुद पनि मोहन मान सैजु प्रप्ति आफ्नो अगाध श्रद्दा रहेको र उनले सधै अगाडी बढ्न उत्प्रेरित गरिरहेने कुरा बताउनु भयो I त्रिवि का उपकुलपति केदार भक्त माथेमाले अग्रेजी पद्यमा केहि समायोजन गरेर डा. सैंजु को बारेमा ठोस प्रकाश पारेका थिए I
“तानसेन गुठि” का सचिब डा. सुरेन्द्र श्रेष्ठले ब्यक्तिगत रुपमा समेत उनले आफ्नो पदको गरीमा कायम गर्दै मेरो लागि वा परिवारको लागि वा पाल्पाको लागि आफ्नो र पराइ भनि काखा पाखा नगरेको अभिव्यक्ति दिदै कहिल्यै पनि उनले नातावादको पक्षमा केहि काम नगरेको स्मरण गरेका थिए ।
स्व. सैंजु बाल्यकालमा २००९ सालमा तानसेनमा “बाल सखा मण्डल”को स्थापना , १३ बर्षमा एस एल सी , सन् १९६२ मा ३६ पृष्ठ को प्रेम पत्र , ३० बर्षमा जागीर बाट अवकाशको त्यो परिस्थिति र पुन अध्ययन , पुन नियुक्ति , नेपालले एक रत्न गुमाएको, फोर्ड फाउन्डेसनमा सहभागिता, आईआईडीएस, टेवा, तानसेन गुठि का सल्लाहकार , इस्क्यापमा सक्रिय सहभागिता, आदि बारेमा बक्ताहरु ले आआफ्नो धारणा राखेका थिए I
परिवारको तर्फ बाट आफ्नो मन्तब्य राख्दै उनका भतिजा अनुप मान सैंजुले “तिमि गर्न सक्छौ “भन्ने धारणा रहेको र त्येसैमा हिड्न अभिप्रेरित गरिरहन्थे , डा. सैंजु अनुशासन जिवनमा सबै भन्दा जरूरी छ र देशले मलाई के दियो होईन्, मैले मेरो देशलाई के दिन सक्छु भनि युवाहरूले सोच्नु पर्छ भन्नुहुन्थ्यो। दैनिक पारिवारिक घटना समेत को स्मरण गर्दै देशकै लागि एक अपुरणीय क्षति भएको बताएका थिए I
सो अवसरमा बक्ता सबैले पत्नी माधुरी , छोरी मीता , छोरा मानिष र परिवार का सबै सदस्य प्रति गहिरो समबेदना प्रकट गरेका थिए I उनका पत्नी श्री माधुरी सैंजुले समबेदना दिनु भएकोमा र कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया