काठमाडौ । नेपाल र गणतन्त्र कोरियाबीचमा १९७४ मे १५ तारिखमा कुटनितिक सम्बन्ध स्थापना भएको हो। विगतका ५० वर्ष दुई देशबीच सम्मान जनक आत्मिय सम्बन्ध तथा जनस्तरको सम्बन्ध पनि सकारात्मक रुपमा अगाडी बढेको छ।

यस वर्षको शुरुवातबाटनै नेपालमा रहेको कोरियाली दूतावासले जनवरी महिनाबाटनै हरेका महिना विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको छ। त्यहि शिलशिलामा अक्टोबर २ तारिख (बुधबार) कोरियाबाट ख्याती प्राप्त कलाकारहरु नेपालमा आमन्त्रण गरेर कोरियाका संस्कृती नेपालीमाझ प्रश्तुत गर्ने कार्य भयो। नेपाल आर्मी अफिसर्स क्लबमा आयोजत सांस्कृतिक कार्यक्रममा सम्माननिय सभामुख देवराज घिमिरेको उपस्थिती रहेको थियो। प्रमुख अतिथिका रुपमा स्वागत मन्तव्य दिंदै सभामुख घिमिरेले कुटनितिक सम्बन्ध स्थापनाको ५०औं स्वर्णजयन्तीको अवसरमा नेपाल र कोरियाली नागरिकलाई बधाई दिनु भयो। उहांले कोरियाको तर्फबाट विगत देखिनै नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग रहंदै आएको प्रशंग उठाउंदै कोरियाली सरकारलाई धन्यबाद दिनु भयो।

उक्त कार्यक्रममा कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र नेपालमा बसोवास गर्ने कोरियाली नागगिकहरुको उल्लेख्य उपस्थिती रहेको थियो। स्वागत मन्तब्यका क्रममा महामहिम राजदूत पार्क थेयङले नेपालले हाल आर्थिक विकासमा दिएको प्राथमिकता, नेपालमा लगानी र पर्यटनको अवशर सम्बन्धमा प्रकाश पार्नुभयो। साथै, उहाँले कुटनितिक सम्बन्ध स्थापनाको ५०औं वर्षको यात्राको क्रममा भएका विभिन्न साझेदारी कार्यक्रमको बारेमा आफ्नो सकारात्मक धारण राख्नुभयो। दूतावास द्वारा आयोजित उक्त साँस्कृतिक कार्यक्रममा आफ्नो सांस्कृतिक प्रस्तुतीका लागि ३ वटा ख्याती प्राप्त टोलीको प्रस्तुती रहेको थियो। कार्यक्रममा कोरियाका विभिन्न संस्कृति र भौगोलिक प्रतिनिनित्व हुने गरी परम्परागत कोरियाली बाजाको प्रयोग हुनुका साथै नृत्यहरु रहेको थियो।