काठमाण्डौ । विभिन्न ठांउको भ्रमण पश्चात पुर्व राजा ज्ञानेन्द्र शाह भोलि मकवानपुर हेटौडा जान लागेका हुन् ।

भोली स्थानिय बासीले भव्य स्वागत गर्नुका साथै अन्य पार्टीका कार्यकर्ताले समेत भव्य स्वागत गर्ने तयारी गरेका छन् । स्वागत पछि हेटौंडामा रहेको धार्मिकस्थल चुरियामाई मन्दिर, पोताला गुम्बा र भुटनदेवी मन्दिर अवलोकन तथा पुजा गर्ने कार्यक्रम रहेको छ । अवलोकन पश्चात शुभेच्छुक तथा स्थानिय बासिन्दाहरु संग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

मकवानपुरमा भोलि भव्य र रोचक कार्यक्रम हुनेछ । राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह मकवानपुर–१ का प्रतिनिधि सभा सदस्य हुन् र सिंहले प्रतिनिध सभा सदस्यको निर्वाचनमा सूर्य चुनाव चिह्न लिएर लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गरेका थिए । साथै भोलीको कार्यक्रममा राप्रपा नेपालले पनि स्वागत गर्ने तयारी गरेको छ ।