थेसिस प्रपोजल कसरी तयार पार्ने?

थेसिसको प्रपोजल लेख्नेक्रममा केही विद्यार्थी तनावमा देखिनु अस्वाभाविक होइन । यसलाई तनावका रूपमा नलिई निर्माणात्मक प्रक्रियाका रूपमा बुझ्नु उचित हुन्छ । वास्तवमै यो कठिन कार्य हो । तर, जब तपाईं आफ्नो प्रपोजलमा सफल हुनुहुन्छ, थेसिसको झन्डै ५० प्रतिशत काम पूरा भएको ठान्दा हुन्छ । प्रपोजल तयार पार्दा धेरैलाई केमा रिसर्च गर्ने भन्ने टाउको दुखाइ हुन्छ । जुन क्षेत्रमा आफ्नो बलियो पकड छ, त्यसैलाई समात्न सक्नुभयो भने सजिलो हुन्छ । यदि तपाईं माध्यमिक विद्यालयमा विज्ञान पढाउनुहुन्छ भने तपाईंको शीर्षक माध्यमिक विद्यालयको विज्ञानसँग सम्बन्धित समस्यामा आधारित गराउन सके तनाव स्वाट्टै घट्न सक्छ ।

त्यसपछि कुन समस्या लिने भन्नेमा जानोस् । पाठ्यक्रम पाठ्यपुस्तक वा शिक्षण सिकाइ वा मूल्यांकन वा कक्षा व्यवस्थापन अथवा तपाईंले अनुभूत गर्नुभएको अन्य कुनै समस्या र त्यसपछि तपाईंको थेसिसले उक्त समस्यामा अनुसन्धान गरेर कस्ता–कस्ता प्रश्नको उत्तर खोजेको हो, विचार गर्नुहोस् । ती प्रश्न नै तपाईंको ‘रिसर्च क्वैसन’ हुन् । उदाहरणका लागि यदि तपाईं माध्यमिक तहको विज्ञान विषयमा किन विद्यार्थी बढी असफल हुन्छन् भन्ने पत्ता लगाउन चाहनुहुन्छ भने तपाईंको एउटा रिसर्च क्वैसन ह्वाट आर रिजन बिहाइन्ड स्टुडेन्टस्, फेलर इन सेकेन्डरी स्कुल साइन्स सबजेक्टस्’ हुन सक्छ । यो क्वान्टिटेटिभ रिसर्चको नमुना भयो ।

क्वालिटेटिभ गर्नुहुन्छ भने त्यसैलाई अलि परिमार्जन गरेर विज्ञान विषयप्रति विद्यार्थीले आफ्नो धारणा कस्तो बनाएका रहेछन् त भनेर ‘हाउ डु स्टुडेन्टस् पर्सिभ लर्निङ अफ साइन्स इन सेकेन्डरी स्कुल’ भनेर अगाडि बढ्न सक्नुहुन्छ ।

हाउ टु राइट अ टपिक अफ रिसर्च?

आज फेरि टपिककै बारेमा कुरा गरौं । यसअघि हामीले टपिक छान्नेबारे केही भनेका थियौं । सकभर आफ्नो रुचि र लगाव भएको टपिक छान्दा राम्रो भनेर । अर्को एउटा उदाहरण लिउँ है । यदि तपाईं कम साक्षर वा कम शिक्षित मानिसका समूहबारे किन उनीहरू अरूको तुलनामा कमजोर भए भन्ने अनुसन्धानमा रुचि राख्नुहुन्छ भने तपाईंको टपिक के होला ?

एउटा यस्तो हुन सक्छ ‘मिनिङ या एजुकेसन टु त मार्जिनलाइज्ड ग्रुप स् एन एथ्नोग्राफी अफ रुट इन नेपाल’ । यो उदाहरण यहाँ किन ल्याइएको हो भने टपिकमा के–के कुरा उल्लेख भए राम्रो होला भनेर हो । जस्तो यो टपिकले मार्जिनलाइज्ड ग्रुपको शिक्षामा एउटा इथ्नोग्राफी गर्छु भन्छ र त्यसको लोकेसन नेपाल देखाउँछ । अर्थात् मूल विषय मार्जिनलाइज्ड ग्रुपको शिक्षा र अनुसन्धान विधि इथ्नोग्राफी स्थान ९नेपाल० र टपिकमा यसरी नै तीनवटा कुरा प्रस्ट पार्न सके अगाडिको बाटोमा अल्झिरहनुपर्दैन । यसैमा अरू विधि पनि लागू गर्न सकिन्छ ।

तपाईं केस स्टडी पनि गर्न सक्नुहुन्छ । यो क्वालिटिभ रिसर्च टाइटलको नमुना हो । क्वालिटिभ गर्नुपर्दा टपिकमा इन्डिपेन्डेन्ट भेरिएबल, डिपेन्डेन्ट भेरिएबल, मेथड र लोकेसन खुलाउँदा राम्रो । जस्तो फोकस इन्फ्लुएन्सिङ एजुकेसन या द मार्जिनलाइज्ड ग्रुप स् सर्भ अफ रुट इन नेपाल’ । अब तपाईंहरूलाई एउटा हामेवर्क दिन्छु ।प्लिल राइट थ्री रिसर्च क्वैसन अन दिस टपिक । अर्को पाठमा हामी यसबारे छलफल गर्ने छौं ।

रिसर्च क्वैसन

गएको छलफलमा हामीले टपिक कसरी लेख्ने भन्नेबारे केही कुरा गर्यौं । वास्तवमा टपिक भनेकै तपाईंको रिसर्च प्रब्लम हो । क्वालिटी रिसर्चका लागि भने बेग्लै रिसर्च क्वैसन बनाउनु जरुरी हुन्छ । किनभने क्वालिटी रिसर्चले समाजमा जे छ, त्यो नै सत्य मानेको हुन्छ भने क्वालिटी रिसर्चले मानिसका भावना, विचार, सोचाइ फरक–फरक हुने हुनाले सत्य एउटै हुन सक्दैन ।फरक मान्छेका लागि सत्य पनि फरक हुन्छ भन्ने विश्वास गर्छ । वास्तवमा रिसर्च क्वैसन भनेको तपाईंले छान्नुभएको टपिकले कस्तो उत्तरको अपेक्षा गर्छ, त्यसले अहिले भइरहेको ज्ञानमा नयाँ कुरा के थप्न चाहन्छ भन्ने संकेत हो ।

त्यसैले, रिसर्च क्वैसन प्रस्ट, विशिष्ट र समस्यासँग प्रत्यक्ष गाँसिएको हुनु जरुरी छ । त्यसैले गएको टपिक मिनिङ या एजुकेसन टु द मार्जिनलाइज्ड ग्रुप स् एन एथ्नोग्राफी या ‘रुट इन नेपाल’ मै क्वालिटी रिसर्चको यस्तो रिसर्च क्वैसन हुन सक्छ । तर, योभन्दा फरक हुनुहुँदैन भनेकोचाहिँ होइन है । यो एउटा उदाहरणमात्रै हो ।

–हाउ डु रुट पिपुल कन्सट्रक्ट द मिनिङ अफ एजुकेसन ।

–हाउ डु दे रिलेट द मिनिङ अफ एजुकेसन टु दियर कल्चरल कन्टेक्स्ट ।

–ह्वाट भ्यालु अफ एजुकेसन डु दे सी इन दियर डेली लाइफ ।

अब तपाईं पनि एउटा रिसर्च प्रब्लम विचार गर्नुस् । त्यसैमा एउटा टपिक बनाउनुस् । रिसर्च क्वैसन लेख्ने अभ्यास गर्नुस् । शंका लागे मलाई लेखिपठाउनुस् । फेरि छलफल गर्न सकिन्छ ।

इन्ट्रोडक्सन च्याप्टर

पाठ (लेसन) ३ मा हामीले रिसर्च क्वैसन्सबारे छलफल ग¥यौं । अब इन्ट्रोडक्सन च्याप्टर कसरी लेख्ने भन्नेमा छलफल गरौं । यो च्याप्टरले खासगरी तपाईंको अनुसन्धान समस्यालाई परिचय दिने काम गर्छ । पाठकले के थाहा पाउनु जरुरी हुन्छ भने तपाईंको अनुसन्धानको मुख्य एजेन्डा के हो ?

जेनेरल इन्ट्रोडक्सन

तपाईंले प्रयोग गर्नुभएका टर्मिनोलोजीले के अर्थ राख्छ ? शीर्षकले भन्न खोजेको कुरा के हो रु शीर्षक कोसँग सम्बन्धित छ रु उनीहरूको अहिलेको अवस्था कस्तो छ रु उनीहरूको अवस्थाबारे मूलतः कस्तो कुरा उठिरहेको छ आदि ।

व्याकग्राउन्ड

तपाईंलाई त्यही अनुसन्धान किन गर्नुपर्यो ?

र्यासनल त्यो अनुसन्धानले कस्तो नलेज अपेक्षा गर्छ । पर्पोज एन्ड रिसर्च क्वैसन्स तपाईंले छान्नुभएको शीर्षक र रिसर्च क्वैसन त्यस क्षेत्रको कस्तो नलेज ग्यापबाट तानिएका हुन्छन् । स्टेटमेन्ट द प्रब्लम, तपाईंको अनुसन्धान ले उक्त शीर्षकअन्तर्गत कतिमात्रै अध्ययन गर्न सक्छ । डिलिमिट्सन र च्याप्टरको अन्त्यमा एउटा समरी लेख्दा राम्रो हुन्छ, जसले तपाईंको इन्ट्रोडक्सन च्याप्टरमा मुख्य रूपमा छलफल भएका विषयवस्तुलाई सारमा उल्लेख गर्छ ।

तपाईंले व्याकग्राउन्ड पाँच सय, र्यासनल तीन सय शब्द, पर्पोज दुई वाक्य, स्टेटमेन्ट अफ द प्रब्लम दुई सय शब्दमा, रिसर्च क्वैसन्स तीनवटा र डिलिमिट्सन दुई सय शब्दमा लेख्ने प्रयास गरे पुग्छ । धेरै लामो लेख्नु जरुरी छैन । तर, एउटा कुरा के विचार गर्नु जरुरी छ भने लिटरेचन रिभ्यु दोस्रो च्याप्टरमा लेख्ने भए पनि, लिटरेचन रिभ्यु तपाईंको पहिलो काम हुन्छ । लिटरेचन रिभ्यु नगरी नलेज ग्याप थाहा हुँदैन । यो थाहा नपाई न त शीर्षक नै छान्न सकिन्छ, न त अफ द प्रब्लम र रिसर्च क्वैसन्स नै बनाउन सकिन्छ ।

लिटेरेचर रिभ्यु

गएको चारवटा खण्डमा हामीले मोटामोटी रूपमा ‘इन्ट्रोडक्सन च्याप्टर’ कसरी लेख्ने भन्नेबारे कुरा ग¥यौं । आज ‘लिटेरेचर रिभ्यु’ बारे केही कुरा गरौं ।खासगरी थेसिस लेख्नेका लागि यो खण्ड एकदमै महत्वपूर्ण छ । ‘लिटेरेचर रिभ्यु’ बाट प्राप्त गरेकै ज्ञानका आधारमा सम्पूर्ण थेसिसमा सकारात्मक बल प्राप्त हुन्छ पुस्तक, जर्नल, थेसिस, शिलालेख, डायरी, नीतिगत दस्तावेजजस्ता लेखोट, मूर्ति, तस्बिर, धार्मिक सांस्कृतिक महत्वका वस्तुजस्ता आर्टिफ्याक्टस, भिडिओ, अडियोजस्ता मिडिया तपाईंको अनुसन्धानसँग सम्बन्धित अन्य कुरालिटेरेचर रिभ्युका लागि सामग्री हुन सक्छन् । सबैभन्दा पहिले आफ्नो थेसिससँग सम्बन्धित सामग्री पहिल्याउनुपर्ने हुन्छ । त्यसलाई राम्रोसँग अध्ययन गर्नुपर्छ । अध्ययन गर्दै जाँदा तपाईंको थेसिससँग मिल्ने कुरा वा तपाईंको थेसिसलाई सहयोग पुग्ने कुरा नोट गर्ने गर्नुपर्छ । नोट गर्दा दुई कुरामा ध्यान दिनुहोस् ।

पहिलो, घतलाग्दा र स–साना वाक्य हुबहु सारेर ‘इन्भर्टेड कमा’ भित्र राखी त्यो कुन स्रोतबाट झिकिएको हो, पेज नम्बरसहित कोष्ठमा वा फुटनोटमा जनाउनुपर्ने हुन्छ ।

दोस्रो, धेरै लामा परिच्छेद हुबहु सार्न मिल्दैन । त्यस्ता परिच्छेद हुबहु सारेको पाइएमा त्यसलाई ‘प्लगिरिजम’ अर्थात् बौद्धिक चोरी गरेको ठहरिन्छ । तपाईंको थेसिस अस्वीकृत गरिन्छ । त्यसैले त्यस्ता परिच्छेद आफैंले पढ्ने, अर्थ बुझ्ने अनि आफ्नै किसिमले लेख्ने गर्नुपर्छ, जसलाई ‘प्याराप्रसिङ’ भनिन्छ । ‘प्याराप्रसिङ’ गर्दा पनि कोष्ठ वा फुटनोटमा उक्त सामग्री कहाँबाट प्राप्त भएको हो वा कसले लेखेको हो भन्ने कुरा उल्लेख गर्नुपर्छ ।

अघिल्लो पाठमा हामीले लिटेरेचर रिभ्युबारे परिचय लिने काम गर्यौं । आज हामी लिटेरेचर रिभ्युमा के–के रिभ्यु गर्ने भनेर छलफल गर्ने छौं । खासगरी लिटेरेचर रिभ्युमा चार किसिमका लिटेरेचर खोजेर रिभ्यु गर्ने गरिन्छ । ती हुन् :

थिमेटिक रिभ्यु:

तपाईंको टपिकसँग मेल खाने कुनै पनि विषयवस्तु यसमा पर्छन् । कुनै किताब, अनुसन्धानात्मक प्रकाशन, थेसिस, पिरियाडिकल्सजस्ता आफ्नो रिसर्च प्रब्लम र रिसर्च क्वैसनसँग मेल खाने प्रत्यक्ष वा अप्रत्यक्ष सामग्री तपाईंले रिभ्यु गर्नुपर्ने हुन्छ ।

थ्यौरिटिकल रिभ्यु :

खासगरी सोसल साइन्समा थेसिस लेख्नेहरूले कुनै न कुनै सोसल थ्यौरीको सहयोग लिने गर्छन् । यसो भनेको के हो भने तपाईं आफ्नो थेसिसलाई कुन थ्यौरीको आँखाबाट हेर्नुहुन्छ वा व्याख्या गर्न चाहनुहुन्छ भन्ने हो । जसलाई तपाईंको थ्यौरिटिकल प्रस्पेक्टिभ पनि भन्ने गरिन्छ । थ्यौरी नभई थेसिस बन्ने कुरै भएन । किनभने थेसिस भनेकै भएका थ्यौरीमा नयाँ ज्ञान थप्नु हो वा नयाँ थ्यौरी निर्माण गर्नु हो ।

इम्पिरिकल रिभ्यु :

यो भनेको तपाईंको थेसिससँग मिल्ने रिसर्च यसअघि अरू कसैले गरेको हुन सक्छ । चाहे त्यो थेसिसका रूपमा होस् वा कुनै जर्नल आर्टिकलका रूपमा । त्यो नेपालकै हुनुपर्छ भन्ने जरुरी छैन । त्यस्ता प्रिभियस रिसर्चले तपाईंले रोज्नुभएको अनुसन्धानको समस्याबारे के भनेका रहेछन् त रु त्यो कुरा लिटेरेचर रिभ्युमा अत्यन्तै आवश्यक ठानिन्छ ।

पोलिसी रिभ्यु :

कुनै पनि देशका आफ्ना नियम कानुन हुन्छन् । तपाईंको थेसिससँग सम्बन्धित पक्षमा आफ्नो देश र अन्तर्राष्ट्रिय कानुनमा केही पोलिसी, रुल्स एन्ड रेगुलेसन्स तय गरिएका हुनाले थेसिसले त्यस्ता नियम कानुनबारे तपाईंको ध्यानाकृष्ट गर्ने गर्छ । तपाईंले आफू त्यसमा सुसूचित छु भन्ने प्रमाणका रूपमा त्यस्ता डकुमेन्ट खोजी रिभ्यु गर्नुपर्ने हुन्छ ।अर्को पाठमा लिटेरेचर रिभ्युका लागि प्राप्त डकुमेन्ट कसरी रिभ्यु गर्ने भन्नेबारे छलफल गरिनेछ ।

लिटेरेचर रिभ्यु गर्दा के–के कुरामा विचार पुर्याउनुपर्छ

आज हामी लिटेरेचर रिभ्यु गर्दा के–के कुरामा विचार पुर्याउनुपर्छ । नोट गर्दा कसरी गर्ने भन्नेबारे चर्चा गर्नेछौं ।सबैभन्दा पहिला थिमेटिक रिभ्युबारे भनौं । तपाईंले फेलापार्नु भएका पुस्तक वा अन्य कुनै छापा वा विद्युतीय सामग्री तपाईंको अनुसन्धानसँग मेल खान्छ कि खाँदैन भन्ने कुरा कसरी थाहा पाउने र सबैभन्दा पहिले तपाईं आफ्नो रिसर्च टपिकभित्र के–कस्ता कि वर्डस् छन् हेर्नुहोस् । कि वर्डस्ले माग गरेका अन्य सहायक शब्दको एउटा सूची बनाउनोस् ।

उदाहरणका लागि हाम्रो रिसर्च टपिक ‘द लेभल’ या नलेज मेनेजमेन्ट इन टिचर्स स् अ सर्भे’ या हाइयर एजुकेसन इन्स्टिच्युसन इन काठमाडौं’ भन्ने छ भने तपाईंले मुख्य रूपमा नलेज, नलेज मेनेजमेन्ट एन्ड हाइयर एजुकेसन टिचर्सलाई मुख्य खोजीको विषय बनाउनुप¥यो । फेरि ती शब्दलाई समेट्ने सहायक शब्द पनि काम लाग्ने हुन सक्छन् । जस्तो टाइप्स या नलेज, नलेज, एक्विसन, नलेज युटिलाइजेसन, नलेज प्रडक्टस्, नलेज इकोनोमी आदि । त्यसैले अब लिटेरेचरको खोजी गर्दा यस्ता शब्द भएका लिटेरेचर काम लाग्ने हुन सक्छन् भनेर विचार गर्नु राम्रो हुनेछ ।

जुन–जुन लिटेरेचरमा यी शब्दको प्रयोग भएको भेट्टाउनुहुन्छ, ती लिटेरेचर तपाईंका लागि उपयुक्त हुने भए । त्यसपछि प्राप्त लिटेरेचर अध्ययन गर्नुहोस् । नोट गर्नुहोस् नोट गर्दा खासगरी यसमा तपाईंको टपिकलाई प्रस्ट पार्ने, तपाईंलाइ भोलि डिफेन्स गर्न सघाउ पुग्ने तथ्यांक वा सूचना संकलन गरिसकेपछि त्यसमा थप गर्न सकिने कुरा मात्र नोट गर्नुहोस् एउटा कुरा ख्याल गर्नुहोस् कि त्यसरी नोट गर्दा कुन किताबबाट, कहिले प्रकाशित भएको, कसले लेखेको, कसको प्रकाशन कुन मितिको प्रकाशन हो, त्यो पनि नोट गर्दै जानुहोला नत्र पछि थेसिस तयार भइसकेपछि फेरि त्यो विवरण कता पुगिसकेको हुन्छ । रिफ्रेन्स लिस्ट तयार पार्न कठिनाइ पर्छ ।

त्यस्तै, दोस्रोप्रकारको लिटेरेचर रिभ्यु भनेको थ्यौरिटिकल रिभ्यु हो तपाईंको अनुसन्धानसँग प्रत्यक्ष सरोकार राख्ने थ्यौरी पहिचान गर्नु पहिलो काम हुनेछ त्यसपछि त्यो थ्यौरी भनेको के हो रु त्यसले कस्तो दृष्टिकोण राख्छ रु त्यसका मुख्यमुख्य दलील के हुन् ? किन ती थ्यौरी वा थ्यौरिज तपाईंको थेसिससँग सरोकार राख्छ भन्ने कुरा लेख्नुपर्ने हुन्छ

तेस्रो, लिटेरेचर भनेको पोलिसी रिभ्यु हो यसअन्तर्गत तपाईंको टपिकसँग मेल खाने राष्ट्रिय वा अन्तर्राष्ट्रिय नियम कानुनको खोजी गर्नु त्यसको विवरण छोटकरीमा लेख्नु हो

चौथो, लिटेरेचर भनेको इम्पिरिकल रिसर्च रिभ्यु हो तपाईंको टपिकसँग मेल खानेखालको अनुसन्धान यसअघि धेरैले गरेका हुन सक्छन् ती अनुसन्धानको खोजी गरेर त्यो कुन पृष्ठभूमिमा, कसले, कतिजनामा, कुन विधि अपनाएर गरेको रहेछ त्यसको फाइन्डिङ्स के रहेछ भनेर हेर्नुपर्ने हुन्छ त्यसको संक्षेपीकरण लेख्नुपर्ने हुन्छ

यति गर्दैमा तपाईंको काम पूरा हुँदैन । अरूका कुरा आफ्नो थेसिसमा उल्लेख गर्नुमात्र लिटेरेचर रिभ्यु हैन । त्यसमा आफ्नो तर्क, वादविवाद र छलफल अनिवार्य हुन्छ । त्यसैले चारवटै रिभ्युमा तपाईंको विचार, छलफल र तपाईंको अनुसन्धानसँग गाँस्दै जानुभयो भने मात्र लिटेरेचर रिभ्यु राम्रो मानिन्छ ।

कन्सेप्चुअल फ्रेमवर्क

यसभन्दा अगाडिका सात खण्डमा हामीले रिसर्च प्रपोजल तयार पार्दा पहिलो दुई च्याप्टर इन्ट्रोडक्सन पार्ट र रिभ्यु अफ लिटेरेचर पार्ट कसरी लेख्ने भन्नेबारे जानकारी पायौं ।

तेस्रो च्याप्टर भनेको परम्परागत ढाँचामा मेथोलोजी च्याप्टर हो । तर, त्यो च्याप्टर सुरु गर्नुअघि तपाईंको आफ्नो रिसर्च कसरी अगाडि बढ्छ रु रिसर्च क्वैसनको उत्तर कसरी प्राप्त हुन्छ भन्नेबारे स्पष्ट हुनु जरुरी छ । तपाईंले दोस्रो च्याप्टरमा गर्नुभएको थ्यौरिटिकल रिभ्यु र तेस्रो च्याप्टरमा गर्नुहुने मेथोलोजी प्रसेसलाई कसरी तपाईंका भेरिएबल्स रिसर्च प्रब्लमसँग सम्बन्धित बनाएर अगाडि बढाउँदा तपाईंले आशा गर्नुभएको आउटपुट निस्कन्छ भन्ने सोच र त्यसको व्याख्या वा चार्ट नै कन्सेप्चुअल फ्रेमवर्क हो । यसमा तपाईंले तीन कुरा विचार गर्नुपर्यो ।

तपाईंको थ्यौरी

तपाईंको मेथोलोजी र

तपाईंको आउटपुट

यी तीन कुरालाई तपाईं कसरी संयोजन गरेर अगाडि बढ्नुहुन्छ रु भन्ने प्रश्नको जवाफ नै तपाईंको कन्सेप्चुअल फ्रेमवर्क हो । यसले तपाईंको अनुसन्धानको एउटा रूपरेखा तयार पारिदिन्छ । तपाईं त्यही गोरेटो हुँदै सहज रूपमा आफ्नो गन्तव्यमा पुग्न सफल हुनुहुन्छ । यसलाई तपाईंको रिसर्चको एउटा मानसिक चित्रण भन्दा पनि फरक पर्दैन । जसले तपाईंलाई प्रशस्त मार्गनिर्देश गर्छ ।

मेथोलोजी

मेथोलोजी भन्नाले अनुसन्धान विधिमात्र नभई, त्योभन्दा अलि बढी कुरा जनाउँछ । त्यसैले मेथोलोजी र मेथडमा फरक छ । मेथोलोजी भन्नाले तपाईंको थेसिसको वैज्ञानिक र सैद्धान्तिक पक्ष बुझिन्छ भने मेथड भन्नाले फिल्ड वर्क कसरी गर्ने, स्याम्पल कसरी छनोट गर्ने र विश्लेषण कसरी गर्ने भन्नेमात्र बुझिन्छ । यसरी हेर्दा मेथड भनेको मेथोलोजीको एउटा भागमात्र मान्न सकिन्छ । मेथोलोजीमा तपाईंले चार मुख्य भाग लेख्नुपर्ने हुन्छ । ती हुन्:

(१) सैद्धान्तिक पक्ष : यसलाई कसैले फिलोसोफिकल प्रेमिस पनि भन्छन् । जसअन्तर्गत सत्य त्रुथलाई हेर्ने तपाईंको दृष्टिकोण के हो रु अर्थात् तपाईंको अन्तोलोजी के हो रु तपाईंको विश्वासमा ज्ञानको सिर्जना कसरी हुन्छ रु अर्थात् तपाईंको इपिटिमोलोजी के हो रु यी दुई कुरामा प्रस्ट नभई तपाईंको मेथोलोजी अगाडि बढ्दैन । किनभने तपाईं बाहिर जे छ, त्यो नै सत्य मान्नुहुन्छ अनि ज्ञान मापन गर्न सकिन्छ भन्ने विश्वास गर्नुहुन्छ भने तपाईंको थेसिस क्वान्टिटिभ हुन्छ । तर, सत्य एउटै हुँदैन यो त मानिसका विचार र बुझाइअनुसार फरक–फरक हुन्छ भन्ने विश्वास तपाईंको हो र ज्ञानको निर्माण विषयगत हुन्छ भन्ने कुरा विश्वास गर्नुहुन्छ भने तपाईंको थेसिस क्वालिटिभ हो भन्ने बुझ्न सकिन्छ ।

त्यस्तै स्याम्पलमा लिइएको तथ्यांकले जे देखाउँछ, त्यो जनसंख्यामा हुबहु लागू गर्न सकिन्छ वा सामान्यीकरण गर्न सकिन्छ भन्ने तपाईंको विश्वास हो भने तपाईं क्वालिटिभ रिसर्च गर्दै हुनुहुन्छ । जहाँ फरक विचारको गुञ्जायस रहन्न । अर्थात् तपाईंको थेसिस भ्यालु फ्री हुन्छ । तर, आफ्ना इन्फम्यान्टससँग लिइएको सूचना सामान्यीकरणका लागि नभई प्रत्येकका विचारलाई महत्व दिँदै व्याख्यात्मक प्रस्तुति गर्ने र जे देखिन्छ त्यसलाई इन्फम्यान्टसकै विचारका रूपमा थेसिस तयार पार्न चाहनुहुन्छ भने त्यो भ्यालु लादेन हुन्छ । तपाईंको थेसिस क्वालिटिभ प्रकृतिको बन्छ ।

(२) विधि पक्ष : यसमा तपाईंले आफ्नो अनुसन्धान ढाँचा, अनुसन्धानको प्रकार क्वालिटिभ कि क्वान्टिटिभ, तपाईंको पपुलेसन एन्ड स्याम्पल क्वान्टिटिभ भए अनि तपाईंको इन्फरम्यान्टस क्वालिटिभ भए, सूचना वा तथ्यांक संकलनका लागि टुल्स के–के, कसरी सूचना वा तथ्यांक संकलन गर्ने हो र त्यसको विश्लेषण कसरी गर्ने भन्ने कुरा स्पष्ट पार्नुपर्छ । क्वान्टिटिभ भए रिप्रेजेन्टिटिभ स्याम्पल र र्यान्डमनेस आवश्यक पर्छ भने क्वान्टिटिभ भए सानो समूह वा व्यक्तिमै पनि अध्ययन गर्न सकिन्छ ।

 क्वान्टिटीरक्वालिटिभ रिसर्चमा फरक

मेथोलोजी च्याप्टर सुरु गर्नुअघि तपाईं कुन प्रकारको अनुसन्धान गर्न चाहनुहुन्छ भन्नेबारे थाहा पाउन जरुरी छ । क्वान्टिटी र क्वालिटिभ रिसर्चमा फरक के छ त?

क्वान्टिटी रिसर्चमा

अंककै गणना गर्छ कि चित्रतालिका रु बरु मापन अंककै हुन्छ, मान्दैन विचार । अरू जे छ त्यो नै हो सत्य, अन्य कुरा तथ्यांकले नकार्छ । जे नै भन्छ– त्यहीमात्र सकार्छ । वस्तुगत ज्ञानमा लिप्त सत्य एक छ, आखिर सत्यता खोज्न निस्कन्छ मापन गर्न खातिर तथ्यांक । शास्त्रीय विज्ञ थिच्दै मेसिन दंग छ । दुनियाँ हाँक्छ हेर आविष्कार अनन्य छ ।

क्वालिटिभ रिसर्च

विचार–विमर्श गर्छ कि त्यो गहन छलफल जे निस्कन्छ, विचार त्यो मान्दछ है अत्युत्तम मानिस–मानिसबीच विचार फरक निरन्तर । स्वाभाविक स्थिति भित्रै ज्ञान लिन्छ । शिरोपर विषयगत ज्ञानमा लिप्त विचार बोक्छ । आखिर सत्यता एकमा होइन अनेक खोज्न खातिर स्थिति मामिला बुझ्छ । व्याख्या सोहीअनुरूप जस्ताको तस्तै बुन्छ धारणा सोच प्रारूप ।

क्वान्टिटेटिभ काउन्टिङ नम्बर्स मेकिङ फिगर्स डाटा डिमान्ड क्वान्टिटेटिभ काउन्टिङ नम्बर्स मेकिङ फिगर्स डाटा डिमान्ड स्टाट मेजर्स यु सी इज एक्ज्याक्ट पिक्चर नथिङ बियोन्ड ड्याट इज रियल मिन मेडियन भेरियन्स एन्ड मोड कोरोलेसन टेस्ट एनोभा मोर रियालिटी इज आउट दियर सिङ्गल इट आउट नलेज इज अब्जेक्टिभ फाइन्ड इट आउट डु यु नो ह्वाट दिस अन अर्थ इट इज नथिङ बट क्वान रिसर्च क्वालिटेटिभ थिङकिङ पर्सेप्सन आइडियाज मोर मीट ह्युमान सब्जेक्टस एन्ड एक्सप्लोर भ्यालु बाउन्ड एन्ड होलिस्टिक फोकस । थ्यौरिज एभोल्भेड इन न्याचुरालिस्टिक लोकस अन्डरस्ट्यान्डिङ ह्युमान इन्टरप्रिटेसन्स रियालिटी चेन्ज इन पर्सेप्सन बायोग्राफी केस स्टडी एथ्नोग्राफी फेनोमेनोलोजी एन्ड ग्राउन्ड थ्यौरी । डु यु नो ह्वाट दिस अन अर्थ इट इज नथिङ बट क्वाल रिसर्च ।

(३) गुणात्मकता अर्थात् : तपाईंको थेसिस गुणस्तरको छ र त्यसमा शंका गर्नुपर्दैन भन्ने प्रमाण के हो रु कसरी तपाईंको थेसिसले त्यस्ता अविश्वासका पाटालाई पाखा लगाउने काम गरेको छ त रु तपाईंले त्यस्तो विश्वास जगाउन के–के काम गर्नुभयो त रु जस्ता प्रश्नको उत्तर यसमा आवश्यक पर्छ ।

(४) नैतिकता र निष्पक्षता : तपाईंले अनुसन्धानका दौरान गर्नुभएका काम कुराले कतै तपाईंको इमानदारीमाथि प्रश्न उठाउने त होइनन्? तपाईं कसरी अरूले पत्याउने किसिमले आफ्ना रिसर्च डिजाइन बनाउनुहुन्छ रु उदाहरणका लागि के तपाईंले आफ्नो डाटाका लागि कसैलाई बाध्य पार्नुभएको त छैन ? त्यसो हो भने तपाईंको थेसिसमा नैतिकताको प्रश्न देखियो ।

यो मेथोलोजी च्याप्टरको सामान्य परिचय हो ।

हामीले मेथोलोजी च्याप्टरमा लेखिनुपर्ने चार महत्वपूर्ण कुराबारे चर्चा गर्यौं। आज तिनै चार पक्षलाई पुनः प्रस्ट्याउने कोसिस गर्दै छु । सबैभन्दा पहिले तपाईंले आफ्नो पोजिसन क्लियर गर्नु जरुरी हुन्छ । त्यो भनेको तपाईंको दृष्टिकोणमा सत्य भनेको के हो रु अर्थात् तपाईंको अन्टोलोजी के हो रु यसले तपाईंको पूरै रिसर्चलाई गाइड गर्छ । तपाईं एउटै मात्र सत्यमा विश्वास गर्नुहुन्छ भने तपाईंको रिसर्च पोजिटिभिजमरपोस्ट पोजिटिभिजम ढाँचाको बन्न पुग्छ । तपाईं क्वान्टिटिभ रिसर्चमार्फत बजारमा उपलब्ध सूचना संकलन गरेर सत्य प्राप्तितिर लाग्नुहुन्छ । होइन, यदि तपाईं सत्य एउटै हुँदैन यो त विचार र भावना अनि सामाजिक परिवेशअनुसार फरक–फरक हुन्छ भन्ने विश्वास गर्नुहुन्छ भने तपाईंको रिसर्च ननपोजिटिभिस्ट ढाँचाको बन्न पुग्छ । तपाईं क्वालिटिभ रिसर्चमार्फत समाजको स्थिति, मानिसका विचार र बुझाइ, फरक संस्कृतिका फरक प्रसंगजस्ता सूचना संकलन गर्नुहुन्छ र कसका लागि के सत्य हुन्छ भन्ने कुरा पत्ता लगाउनतिर लाग्नुहुन्छ ।

त्यस्तै नलेजलाई तपाईंले कसरी व्याख्या गर्नुहुन्छ भन्ने कुराले पनि तपाईंको रिसर्चलाई प्रभाव पारेको हुन्छ । जसलाई तपाईंको epistemology भनिन्छ । यदि मान्छेमा भएका ज्ञानलाई मापन गर्न सकिन्छ भन्ने वस्तुगत ज्ञानमा विश्वास गर्नुहुन्छ भने तपाईंको रिसर्चले सर्वेको माध्यम वा सूचनाका लागि तयार पारिएका अन्य टुलबाट संख्यात्मक तथ्यांक संकलन गर्छ । अनि तथ्यांकशास्त्रीय विधि प्रयोग गरेर ज्ञानको मापन गर्न खोज्छ । त्यसलाई ठूलो समूह वा क्षेत्रका लागि त्यही ज्ञानको सामान्यीकरण गर्छ । होइन तपाईंको विचारमा ज्ञान मापन गर्ने विषय नै होइन । यो त इन्टर्याक्सन, डिस्कोर्स वा कुराकानीका आधारमा जे देखिन्छ त्यही नै हुन्छ भन्ने विषयगत ज्ञान अर्थात् सब्जेक्टिभिटीमा विश्वास गर्नुहुन्छ भने तपाईंको रिसर्चले इन्टरभ्यु, फोकस ग्रुप डिस्कसन, अब्जर्भेसनजस्ता टुलको प्रयोगबाट सूचना संकलन गर्छ । त्यसैअनुरूप ज्ञान प्राप्तितिर अगाडि बढ्छ ।

तेस्रो कुरा तपाईंले आफ्नो रिसर्चको क्रेडिबिलिटी प्रमाणित गर्नुपर्ने हुन्छ । क्वान्टिटिभ रिसर्च भए टुल्सको रियायबिलिटी र भ्यालिडिटी अनि सम्पूर्ण प्रक्रियाको वस्तुनिष्ठता पुष्टि गर्नुपर्छ । क्वालिटेटिभ रिसर्चको क्रेडिबिलिटी पुष्टि गर्ने आफ्नै आधार छन् । यसबारे पछिल्ला पाठमा छलफल गर्दै गरौंला ।

चौथो पक्ष भनेको इथिकल कन्सर्न हो । तपाईंले जुनसुकै रिसर्च गरे पनि तपाईंको इमानदारी आवश्यक पर्छ । यसमा खासगरी तपाईंको सूचना संकलन कार्य पारदर्शी एवम् विनाजोरजबर्जस्ती सम्पन्न भएको प्रमाणित हुनुपर्छ । अझ अगाडि भन्नुपर्दा सूचनादाताको स्वेच्छिक स्वीकृतिविना तपाईं सूचना संकलन गर्न सक्नुहुन्न । अझ तपाईंले उनीहरूसँग अन्तर्वार्ता वा समूह छलफल गर्नुभएको छ भने त तपाईंले उक्त सूचना विश्लेषण गरिसकेपछि उनीहरूसँग भेटेर उनीहरूले भन्न खोजेको र तपाईंले विश्लेषण गरेको कुरो एउटै हो कि होइन भनेर विमर्शसमेत गरेर एकिन गर्नुपर्ने हुन्छ ।

रिसर्चका प्रकार

मेथोलोजी च्याप्टरमा अझै धेरै कुरा गर्न बाँकी छ । हामीले क्वान्टिटिभ वा क्वालिटिभ रिसर्चबारे धेरै चर्चा ग¥यौं । रिसर्चको अर्को पक्ष पनि छ । त्यो हो– मिक्स्ड मेथोड रिसर्च । यसको अर्थ हुन्छ– तपाईं आफ्नो थेसिसमा दुवैथरी कुरा मिसाउन चाहनुहुन्छ । कसैले यसमा पनि क्वान्टिटिभ हेभी र क्जालिटिभ कम गर्न र कसैले क्वान्टिटिभ कम र वा क्वालिटिभ हेभी पनि बनाउन सक्छन् । दुवैको उत्तिकै सन्तुलन मिलाएर पनि यस्तो थेसिस लेख्न सकिन्छ । मिक्स्ड मेथोड छान्नेले आफ्नो रिसर्च क्वैसन डिजाइन गर्दा नै यसको हेक्का राख्नुपर्ने हुन्छ, कुन रिसर्च क्वैसन क्वान्टिटिभ र कुन क्वालिटिभ डाटा लिने भनेर । त्यसैले सबैभन्दा पहिले तपाईं कुन रिसर्च गर्ने हो– टुंगोमा पुग्नुपर्ने हुन्छ । मिक्स्ड मेथड नै गर्ने भए पनि क्वान्टिटिभ पार्टमा र्यान्डमनेस एन्ड रिप्रिजेन्टेटिभनेस भने हुनैपर्छ ।

यदि तपाईं क्वान्टिटिभ रिसर्च गर्न चाहनुहुन्छ भने कुन प्रकारको क्वान्टिटिभ हो, त्यसतर्फ विचार गर्नुस् । जस्तो सर्वे, क्रस सेक्सनल, केस स्टडी के हो तपाईंले गर्न खोज्नुभएको, त्यसमा स्पष्ट हुनु आवश्यक छ । किनभने त्यसले तपाईंको बाँकी काममा सघाउँछ । त्यस्तै यदि तपाईं क्वालिटिभ रिसर्च गर्न चाहनुहुन्छ भने कुन प्रकारको क्वालिटिभ हो, त्यसमा स्पष्ट हुनु जरुरी छ । जस्तो इथ्नोग्राफी, फेनोमेनोलोजी, केस स्टडी के हो त र यसैले तपाईंको बाँकी कामलाई एउटा स्पष्ट मार्गतिर लैजान्छ ।

युनिट अफ एनालाइसिस

तपाईंले जुनसुकै रिसर्च छनोट गर्नुभए पनि भोलि डाटा एनालाइसिस गर्दा युनिट या एनालाइसिस के हो भन्ने कुरा आजै निक्र्यौल गर्नुपर्छ । युनिट या एनालाइसिस भन्नाले तपाईंको डाटा व्यक्तिप्रधान हो कि संस्थाप्रधान हो वा कुनै समूह विशेषप्रधान हो भन्ने कुरा ठहर गर्नु हो । यसले तपाईंको डाटा कलेक्सन टुल र प्रसेसमा सघाउ पुर्याउँछ ।

 
पोजिटिभिजम एन्ड पोस्ट पोजिटिभिजम

गएका १२ वटा पाठबाट हामीले रिसर्च प्रपोजल कसरी तयार गर्ने भन्नेबारे संख्यात्मक (क्वान्टिटिभ) र गुणात्मक (क्वालिटिभ) दुवैथरी अनुसन्धानबारे छलफल गर्यौं । आजबाट हामी तिनै दुईथरी अनुसन्धानका गहन विषयवस्तुभित्र प्रवेश गर्ने प्रयास गर्नेछौं ।

तपाईंको अनुसन्धानले के कुराको खोजी गर्छ भन्ने कुरा तपाईंले कुन सत्य अंगीकार गर्नुहुन्छ (अन्टोलोजी) भन्ने कुरासँग प्रत्यक्ष सरोकार राख्छ । खासगरी प्राकृतिक विज्ञानलाई आधार बनाएर गरिने अनुसन्धान नामले वैज्ञानिक अनुसन्धान हुन् । यिनले बाहिर खोजी गरी सत्य पत्ता लगाउने कोसिस गर्छन् । सामाजिक विज्ञानमा आधारित अनुसन्धान दुई किसिमले मोडिएका हुन्छन् । पहिलो उही वैज्ञानिक तरिका तर शाश्वत सत्य नभई सत्यको नजिक पुग्ने प्रयास हो भने दोस्रोचाहिँ सत्य परिस्थितिपरक हुन्छ । एउटा सत्य सबैका लागि कहिले पनि प्राप्त गर्न सकिँदैन भन्ने विश्वास गरिन्छ ।

पोजिटिभिजम स् सत्य भन्ने कुरा हाम्रो काबुबाहिरको कुरा हो । यो यही समाजमा अवस्थित छ र त्यो शाश्वत सत्य हो । वैज्ञानिक पद्धतिद्वारा उक्त सत्य जस्ताको तस्तै पत्ता लगाउन सकिन्छ । यस्तो सत्य वस्तुगत हुन्छ । यसलाई अनुसन्धानकर्ताको विषयगत विचारले फरक पार्दैन । अनुसन्धानका प्रायः सबैजसो क्रियाकलाप सदीयौंदेखि यही मूल विचारमा आधारित छ । आज पनि हामी यसैलाई आधार बनाएर संख्यात्मक अनुसन्धान गरिरहेछौं अनि आफूले स्याम्पल छनोट गरेको जनसंख्यामा त्यसलाई सामान्यीकरण गरिरहेछौं ।

पोस्ट पोजिटिभिजम स् यो पोजिटिभिजमभन्दा केही फरक तर अनुसन्धान विधि करिब–करिब उस्तै देखिने अनुसन्धान हो । फरक के हो भने यस्तो प्रकृतिको अनुसन्धानले सत्यको करिब पुग्न सकिने तर बाहिरी संसारमै वस्तुगत सत्य छ भन्ने कुरामा भने पूर्ण विश्वास गर्दैन । यसले दुईवटा प्रमुख कुरामा आफ्नो ध्यान लगाउँछ । पहिलो कुरा त के हो भने तपाईंले गर्ने व्याख्या तपाईंले अवलोकन गर्नुभएको वा संकलन गर्नुभएको तथ्यभित्रै अन्तर्निहित हुन्छ र दोस्रो कुरा तथ्यांक संकलन प्रक्रिया पारदर्शी र व्यवस्थित हुनुपर्छ ।

मुख्य कुरा त के हो भने अनुसन्धान प्रश्न बनाउँदा वा त्यसलाई कार्यान्वयन गर्दा वा तथ्यांक संकलन गर्दा वा कुनै वस्तुस्थिति अवलोकन गर्दा वा त्यसको व्याख्या गर्दा ती कुरा अनुसन्धानकर्ताको प्रभावभन्दा बाहिर राख्न कठिन हुन्छ । त्यसैले सत्य भन्ने कुरा कुनै न कुनै रूपमा विषयगत हुन पुग्छ । अहिले बढी मात्रामा प्रचलित गुणात्मक अनुसन्धान यो कोटीभित्र पर्छन् । त्यसैले पोस्ट पोजिटिभिजमले आफ्ना रिसर्च फाइन्डिङ्सलाई इभिडेन्स बेस्ड रियालिटिजमात्र मान्छ न कि पोजिटिभिजमले जस्तो एब्सोलुट त्रुथ ।

रिसर्च प्याराडिम

रिसर्च प्याराडिमले सामाजिक विज्ञानको दार्शनिक पक्षलाई उजागर गर्छ । एउटा अनुसन्धानकर्ताको यो संसार हेर्ने दृष्टिकोण जस्तो छ, उसले गर्ने अनुसन्धान पनि त्यस्तै हुन्छ । ज्ञान के हो ?सत्य के हो भन्नेबारे प्रत्येक मानिसको आ–आफ्नै विश्वास र सोचाइ हुन सक्छन्, जसले उसको अध्ययनमा गहिरो प्रभाव पार्छ । किनभने यही प्याराडिमले नै अनुसन्धानकर्ताले सामाजिक परिवेश कसरी बुझेको छ भन्ने कुरा देखाउँछ । त्यसैले त अनुसन्धान विधि तय गर्नुअघि नै रिसर्च प्याराडिम के हो भन्ने कुरा खुलाउनुपर्ने हुन्छ । खासगरी अन्टोलोजी र इपिटिमोलोजीलाई रिसर्च प्याराडिमको दार्शनिक आधार मानिन्छ ।

यदि तपाईं बाहिरी विश्वमा भएका कुरालाई नै आफ्नो सत्य मान्नुहुन्छ र त्यसभन्दा अरू सत्य केही छैन भन्ने विश्वास गर्नुहुन्छ भने तपाईंको प्याराडिम भनेको पोजिटिभिजम भयो किनभने पोजिटिभिजिस्टले संसारलाई हेर्ने दृष्टिकोण र तपाईंको दृष्टिकोण समान भयो । प्राकृतिक विज्ञानसँग सम्बन्धित अनुसन्धान यस कोटीमा पर्छन् । यदि तपाई बाहिरी विश्वको सत्य आत्मसात् त गर्नुहुन्छ तर ज्ञान भन्ने कुरा भ्यालु फ्री हुन सक्दैन भन्ने विश्वास गर्नुहुन्छ भने तपाईंको रिसर्च प्याराडिम भनेको पोस्ट पोजिटिभिजम हुने भयो । खासगरी सामाजिक विज्ञानमा अनुसन्धान गर्ने संख्यात्मक अनुसन्धान यो कोटिका अनुसन्धान हुन् । अर्को रूपमा यसलाई क्रिटिकल रिलिजम पनि भनिन्छ । जसले ज्ञानको निर्माण समाजबाटै हुने भए पनि संरचनात्मक रूपमा वैज्ञानिक सिद्धान्तलाई पनि नकार्दैन ।

यदि तपाईं सत्य भन्ने कुरा समाजमा रहने मानिसले निर्माण गर्ने हो । यो प्रत्येक मानिसको सोचाइमा भर पर्छ भन्नुहुन्छ भने तपाईंको रिसर्च प्याराडिम भनेको इन्टरप्रिटिभिजम भयो, जसले कन्स्ट्रक्टिभिजममा विश्वास गर्छ । यो रिसर्च प्याराडिम भनेको पोजिटिभिजमको ठ्याक्कै अर्को ध्र्रुव हो । अर्थात् प्रायः गुणात्मक अनुसन्धान गर्नेहरू यो प्याराडिम अँगाल्छन् ।

एउटा अर्को विश्वास छ– जसले पोजिटिभिजमरपोस्ट पोजिटिभिजम र इन्टरप्रिटिभिजमजस्तो आ–आफ्नो डम्फु लिएरमात्र अनुसन्धान गर्नुपर्छ भन्ने छैन भन्ने कुरा अगाडि सार्छ । त्यो नै व्यावहारिक हो भनिन्छ । तपाईंको रिसर्च क्वैसन्सले माग गरेको उत्तरका आधारमै रिसर्च प्याराडिम तय हुन्छ । कुनै रिसर्च क्वैसन्सले पोजिटिभिजम खोज्ला त कुनैले इन्टरप्रिटिभिजम । त्यस्ता थुप्रै अनुसन्धान भएका छन् ।

त्यसरी निकै महत्वपूर्ण अध्ययन गर्न सकिन्छ । यो अवस्थामा तपाईंको रिसर्च प्याराडिम भनेको प्रग्म्याटिजम हुन पुग्छ । खासगरी मिक्स मेथड रिसर्च वा संख्यात्मक भए पनि गुणात्मक सूचनासमेत संकलन गरेर अनुसन्धानलाई बल पुर्याउने काम भएको छ भने वा गुणात्मक अनुसन्धान भए पनि संख्यात्मक तथ्यांकसमेतको संकलनबाट अनुसन्धान गरिएको छ भने त्यस्ता अनुसन्धानमा यो दृष्टिकोण मौजुद रहन्छ