काठमाडौँ, १३ माघ । विज्ञापन संगसंगै सुरक्षा भन्ने नीतिलाई अबलम्बन गरेरे नेपालमा पहिलो पटक डीएसआर मल्टिमिडिया कम्पनीको अफिसियली सुरुवात भएको छ । ट्याक्सीहरुमा ट्याब जडान गरी डिजिटल विज्ञापनको सुरु गरेको डीएसआर मल्टिमिडियाको काठमाडौँमा एक कार्यक्रमका बीच सुरुवात भएको हो ।

नेपालमा पहिलो पटक ट्याक्सी व्यवसायीको समयस्यालाई मध्यनजर गरी डीएसआर मल्टिमिडियाले ट्याब सहित कम्पनीको सुरुवात गरेको कम्पनीका प्रबन्ध निर्देशक मोहना मोथे खनालले बताउनु भयो । यो अमेरिकन कम्पनीले ब्रिटेन, दुबई, माल्दिभ्स्, पाकिस्तानमा यस अघि नै कार्यक्षेत्र बनाइसकेको भएता पनि नेपालमा पहिलो पटक लञ्च गरिएको हो । ट्याबमार्फत टयाकिङ सिस्टम सहितको डिजिटल एडर्भटाइजिक कम्पनी नेपालमा पनि पहिलो पटक सुरु भएको छ ।

आउटडोर र घरबाट नेपाली विज्ञापनको क्षेत्रमा पृथक र इनोभेटिभ तरिकाले सुरु गरिएको यस कम्पनीले सिर्जनात्म विज्ञापनलाई प्राथकिमता दिइने कम्पनीले बताएको छ । ट्याक्सीको लोकेशन ट्याक हुने र गुडिरहेको छ छैन भन्ने पनि ट्याक हुनेछ, जसबाट ट्याक्सी दुर्घटना र असुरक्षाबाट जोगाउने कम्पनीले जनाएको छ ।

विज्ञापनलाई विश्वव्यापीकरणमा कम्पनीले सहयोग पुर्याउने कम्पनीको विश्वास रहेको छ ।