फागुन ९, काठमाण्डौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा आज भृकुटीमण्डमा कार्यक्रम गरि नेतृत्व राजसस्था, हिन्दुराष्ट्रको पुर्नस्थापना तथा संघीयता खारेज र भ्रष्टचार अन्त्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम प्रदर्शनी मार्ग स्थित भृकुटीमण्डको खुल्ला ग्राउन्डमा विहान देखि राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकार प्राप्त स्थानीय तह रहेको दुइ तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन जस्ता माग रहेको छ ।

साथै सेवाप्रवाह एवं जनजीविकासंग प्रत्यक्ष सम्बन्धित तथा मूलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखी काठमाण्डौंमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र दबावमूलक प्रदर्शन गर्ने कार्यक्रम भएको छ । भृकुटीमण्डप बाट र्‍याली निकालेका छन् । व्यबस्था र अवस्था परिबर्तनको नारा सहित प्रदर्शन गरेका छन् ।

उक्त कार्यक्रम तथा र्‍याली राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेलले नेतृत्व गरेका छन् भने र्‍यालीमा राप्रपा केन्द्र पदाधिकारी माननीय सा, सांसदहरु बिक्रम पाण्डे, माननीय धावल शमशेर राणा, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा बरिस्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, वरिष्ठ उपाध्यक्ष बुधिमान तामाङ, साम्सद धुर्व बहादुर प्रधान, माहामन्त्री कुन्ती शाही, बरिस्ठ नेता डा. प्रकाश चन्द्र, शाही युवा संघ अध्यक्ष पशुपति खड्का लगायतको ठुलो सङ्ख्यामा उपथिति रहेको छ ।

उक्त र्‍याली कार्यक्रममा संबैधानिक राज्यसस्था कायम गर, हिन्दू अधिराज्य कायम गर, स्वदेशमा रोजगार कायम गर, नवीन समझदारी कायम गर, भ्रस्टाचार नियत्रण गर जस्ता नाराहररुको प्रयोग गरिएको छ । भद्रकाली बाट र्‍याली छाडेर ज्ञापनपत्र बुझाउन अध्यक्ष राजेन्द्र लिङ्गदेन, वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, वरिष्ठ नेताडा. प्रकाश् चन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ लगायतको टोलि सिंहदरबारमा प्रधानमन्त्री कार्यालयमा गएका छन् ।