काठमाडौं – मिस तथा मिसेस् इन्डिजिनियस २०२४ सिजन ३ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । उक्त ग्रान्ड फिनालेमा गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारकी सकृय सदस्य सोनिया चामलिङ राइले फस्ट रनर अपको ताज पहिरिएकी छिन । राई लामो समयदेखि  मिलिजुली परिवारमा आबद्ध भएर सामाजिक सेवामा  सकृय रहदै आएकी छ्न ।

एसके इन्टरटेन्मेन्टको आयोजनामा काठमाठौंको जमलस्थित राष्ट्रिय नाचघरमा सोमबार सम्पन्न
प्रतियोगितामा माया गुरुङले मिसेस् इन्डिजिनियस २०२४ को विजेता हुँदै ताज पहिरिएकी हुन् । सोहि विधामा सोनिया चाम्लिङ राई फस्ट रनर अप, सुजाता तामाङ सेकेन्ड रनर अप, सन्जु गुरुङ थर्ड रनर अप र मनिता तामाङ फोर्थ रनर अप भएका छन् ।

तेस्तै युजिना राईले मिस इन्डिजिनियस २०२४ को विजेता हुँदै ताज पहिरिन सफल भएकी छन् । सोहि विधामा पमाया शेरपुजा फस्ट रनर अप, आरुषी थापा मगर सेकेन्ड रनर अप तथा आकृति गुरुङ थर्ड रनर अप चयन भएका छन् ।

कार्यक्रममा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार लगाएत विभिन्न ब्याक्ती तथा संघ संस्थालाई सम्मान गरेको  आयोजक एसके इन्टरटेण्टमेन्टका अध्यक्ष  शान्ता तामाङले जानकारी दिनुभयो ।

प्रतियोगितामा विवाहित र अविवाहित २५ जना आदीवासी जनजाती महिलाहरुले भाग लिएका थिए । प्रतियोगितामा कोरियोग्राफी, फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए। आदिवासी जनजाति महिलाहरुको व्यक्तित्व र बौद्धिकता तथा साँस्कृतिक विकास, प्रचार र सर्मद्धन गर्ने उदेश्यले हरेक बर्ष मिस तथा मिसेस् इन्डिजिनियस प्रतियोगिताको आयोजना हुँदै आएको आयोजक एसके इन्टरटेन्मेन्टका  शान्ता तामाङले बताइन् ।

मिस एण्ड मिसेस ईण्डिजिनियस ९२०२४ सिजन ३ को अडिसन वैशाख २२ गते सम्पन्न भएको थियो छ । एसके इन्टरटेनमेन्टले हरेक बर्ष मिस एण्ड मिसेज गुरुङ, मिसेस तामाङ र मिस एण्ड मिसेस इण्डिजिनियस प्रतियोगिता गर्दै आएकोसमेत आयोजक तामाङले जानकारी दिइन्