(सुमन थापा)

काठमाडौ। गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान  तथा  मिलिजुली परिवारले  बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आफ्नो ७२ औं  कार्यक्रम सम्पन्न गरेको छ ।

बिगतमा भएको कोरोना माहामारी  देखि बिपन्न परिवारका बालबालिकाहरुको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिदै आएको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान  तथा  मिलिजुली परिवारले सोह्रश्रद्धको पुन्य
तिथिमा सम्पुर्ण पितृहरुको आत्मशान्तीको  कामना गर्दै बालबालिकाहरुलाइ शैक्षिक सामाग्री बितरण गरेको मिलिजुली परिवारका अध्यक्ष माधव शर्माले बताउनु भयो ।

शनिबार सुर्खेतस्थित श्री जनज्योति माध्यमिक  सामुदायिक विद्यालय अध्ययनरत बिपन्न परिवारका २६ जना बालबालिकाहरु लाई शिक्षाको लागि सहयोगार्थ बिद्यालय पोसाक तथा शैशिक सामाग्री बितरण गरियको कार्यक्रममाका संयोजक ज्ञान बहादुर लामाले जानकारी दिनु भयो ।

गणेशमान कृष्णप्यारि स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको उक्त कार्यक्रमलाई स्थानिय समाजसेवी श्रुति सिंहले सहजीकरण गरेकी थिइन ।