काठमाडौं– “त्यो मान्छे” बोलको गीत सार्वजनिक भएको छ।

भूपेन्द्रबहादुर भण्डारीको डेब्यु निर्देशन तथा नेपाल आइडल सीजन-२ का विजेता रवि ओडको स्वरमा “त्यो मान्छे” बोलको गीत सार्वजनिक भएको हो।

गीतामा भीम विसीले संगीत भरेका छन भने राज भण्डारी र सविना राउतको मुख्य भूमिका रहेको छ । सो म्यूजिक भिडियोमा निर्देशक भण्डारी, दृष्टि केसी लगायतको अभिनय रहेको छ

नव निर्देशक भण्डारीको सांगीतिक कथावस्तुले यो म्युजिक भिडियोको मर्मलाई न्याय दिएको निर्माता कृष्णा चौलागाइँ बताउँछिन्।

म्युजिक भिडियोले गीतको मर्मलाई सार्थक बनाएको गायक ओडको भनाइ छ । जनसवाल मिडिया प्रालिले उत्पादन गरेको उक्त म्युजिक भिडियो सवाल मिडियाले बजारमा ल्याएको हो ।