देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. ले पहिलो विशेष केएफसी रेष्टुरेन्ट खोलेको छ जसमा अधिकांश टोलीका सदस्यहरू विशेष क्षमता भएका व्यक्तिहरू कार्यरत छन् देवयानी इन्टरनेशनल लिमिटेड र केएफसी नेपालले यस्ता रेस्टुरेन्टहरू अझै थप गर्ने प्रतिबद्धता जनाएका छन्।

सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा देवयानी इन्टरनेसनल नेपाल प्रा. लि. ले विशेष रूपमा बोल्ने र श्रवण-शक्ति नभएका महिलाहरुले सन्चालन गरेको नेपालको पहिलो विशेष केएफसी सञ्चालनमा ल्याएको छ । रेस्टुरेन्टमा त्यस्ता फरक क्षमता भएका जोशपूर्ण समर्पित महिलाहरुको टोली सम्पूर्ण रेस्टुरेन्ट व्यवस्थापन गर्न सीपले प्रशिक्षित छ ।

यो पहल देवयानी इन्टरनेशनल नेपाल र केएफसी को सबैका लागि समान अवसरहरु सिर्जना गर्ने यात्रामा एक महत्वपूर्ण उपलब्धि हो । विशेष टोलीको उत्साह र समर्पणले अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको भावनालाई स्वरूप दिन्छ सञ्चारले शब्दहरूलाई पार गर्छ। व्यापक प्रशिक्षणको साथ, केएफसीले ग्राहक हरूलाई यस विशेष टोलीद्वारा सेवा दिने सुनिश्चित गरेको छ ।

केएफसी इन्डिया र नेपालका सी ई ओ, रजत बरालले बोल्ने र श्रवणशक्ति नभएका महिलाहरूद्वारा संचालित पहिलो केएफसी रेस्टुरेन्ट कलंकीमा खुलेकोमा खुसी व्यक्त गरेका छन परिवर्तनकारी प्रभावमा आफ्नो सहयोगको वाचा गर्नुका साथौ उनिले “यो एक संस्थाको रूपमा देवयानी इन्टरनेशनल नेपाल को लागि महत्त्वपूर्ण उपलब्धि भएको र हामीलाई विश्वास छ विविधता र समावेशीताले हाम्रो समुदायलाई समान बनाउन मद्दत गर्ने बताउनु भयो ।

‘अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस मनाउँदै देवयानी इन्टरनेशनल लिमिटेडले विशेष रूपमा बोल्ले र सुन्ने क्षमता नभएका व्यक्तिहरूका लागि रोजगारीका अवसरहरू विस्तार गर्ने र आगामी वर्षहरूमा त्यस्ता रेस्टुरेन्टहरू थप्ने वाचा गरेको छ।” जेएफसी एक सियाचिन रेस्टुरेन्ट ब्रान्ड हो जसको सफलता र नवप्रवर्तनको समृद्ध दशक लामो इतिहास छ। यो सबै एक कूफ, कर्मल हसल्यान्ड स्पाण्डबाट सुरु भएको थियो, जसले ८० वर्ष भन्दा बडी पहिले रेसिपी बनाएका थिए र आज पनि १४४ देशमा २६,००० रेस्टुरेन्ट स्यान्डस रेसिपीको पालना गरिरहेको पत्रकार सम्मेलनमा बितरित प्रेस नोटमा दाबी गरिएको छ ।