पौष ७, काठमाडौ-पर्यटकीय शहर पोखरामा हरेक वर्ष जस्तै यस वर्ष पनि रेष्टुरेण्ट एण्डवार एशोसियशन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सवको आयोजना गर्ने भएको छ ।

पोखराको पर्यटन प्रवर्द्धनमा एउटा वेग्लै पहिचान बनाउन सफल महोत्सवले विगतका वर्षहरुमा राजनैतिक अस्थिरता, भुकम्प, नाकाबन्दि र कोरोना महामारी लगायत थुप्रै आरोह अवरोहको सामना गरेर पनि महोत्सवलाई निरन्तरता दिदै आएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले पौष १३ गते देखि १७ गतेसम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव हुदैछ । २४ औं संस्करणको यो महोत्सव ‘सडकमै खाउ, सडकमै रमाउ भन्ने उद्देश्यका साथ अगाडी बढेको अध्यक्ष नरेश भट्टराईले जानकारी दिएका छ्न ।

विगत वर्षहरुमा यस वर्ष पनि सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झांकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, बेटररेस, टग अफ वार र पोखराका प्रमुख गन्तब्य सहितको डकुमेन्टी प्रदर्शन जस्ता गतिविधिलाई निरन्तरता दिने पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छ्न ।