काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसंगै संघीय सांसद समेत रहेका नेता जिपछिरिङ लामाले आफ्नो प्रचार प्रसारलाई तिव्र पारेका छन् । व्यवसायबाट नेपाली राजनीतिमा उदाएका लामा नेपाली कांग्रेसको दुई पटक केन्द्रीय सदस्य र सांसद भइसकेका छन् ।

महाराजगञ्जमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेर मधेसका नेता कार्यकर्ता भेटघाट गरी उनी राजधानी फर्किसकेका छन् । सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने लामाले प्रदेश महाधिवेशनपछि आफ्नो प्रचारलाई तिव्र बनाएका हुन् ।

पार्टी राजनीतिमा लामा मनविर नेताको छवि बनाएर स्थापित नेता हुन् । पार्टीलाई समस्या परेको बेला जुनसुकै परिस्थितिमा राजनीति र आर्थिक रुपमा लामाले महत्वपूर्ण योगदान गर्दै आएका छन् ।
को हुन् लामा ?
दोलखाको साविक स्यामा गाविस अर्थात हाल जिरी नगरपालिका १ का स्थायी बासिन्दा हुन् लामा । सामन्य परिवारमा आमा दाडोमा शेर्पा र बुबा तेङिमा शेर्पाको काइला छोरा लामाको राजनीतिक जीवन त्यति सहज भने छैन ।

बहुदल र निर्दलबीचको जनमत संग्रह पूर्वदेखि नै लामा राजनीतिमा सक्रिय देखिन्छन् । २०३६÷३७ सालमा बहुदल र निर्दलको पक्षमा जनमत संग्रह भइरहेका बेला लामा बहुदलको पक्षमा चट्टान बनेर उभिएका थिए ।

‘मैले त्यतिखेर बहुदल नै रोजेँ । त्यसपछि म, भीमबहादुर तामाङ दाई, आङछिरिङ, आङदोर्जे शेर्पा हामी एकठाँउमा उभिएर काम गर्ने अवसर समेत मिल्यो ।’ उनले भने, ‘हामी सवै निकट भएर गृह–जिल्ला दोलखा र काठमाडौंमा सम्पर्क समिति समेत गठन गरेर संगठन बनाउन तर्फ सक्रिय रहे ।’

कांग्रेस भएबापत बापत लामाले कयौं पटक प्रहरीबाट धरपकड व्यहोरेका छन् । माओवादीको १० वर्षे जनयुद्धको समयमा समेत स्व. नेता भीमबहादुर तामाङसंग मिलेर संगठनलाई मजबुत बनाउन निरन्तर लागि परेका नेता हुन् ।

उनी पार्टीको १० औं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका थिए । त्यससँगै ११ औं मा भने केन्द्र्रीय सदस्यमा विजयी भएका थिए । १२ औं र १३ औंमा झिनो मतान्तरले पराजित भइएका उनी अहिले बहालवाला संघीय सांसद हुन् ।
समाजसेवा यात्रा
‘सेवा नै धर्म’ हो भन्ने अभिप्रायका साथ राजनीतिमा अगाडि बढेका लामालाई दिन दुःखीले भगवानको रुपमा चिन्छन् । जुनसुकै दिनदुःखी र पार्टी कार्यकर्तालाई समस्या पर्नेबेला भौतिक उपस्थितिमा नै उनले आर्थिक सहयोग गर्र्ने गरेका छन् । जिल्लाबासीले लामालाई भीमबहादुर तामाङको मृत्यू पश्चात अविभाकको रुपमा लिने गर्दछन् ।

मुलुकका थुप्रै ठुलाठुला योजनाहरु लामाकै नेतृत्पमा निर्माण भएका छन् । यद्यपी त्यसको अलवा गुम्वा, मठमन्दिर, स्कुल, क्याम्पस, स्वास्थ्यचौकी बाटोघाटो र खानेपानी निर्माणमा उनले व्यक्तिगत सहयोग नै गर्दै आइरहेका छन् ।

पछिल्लो समय माता पिताको नाममा स्थापना गरिएको ‘तेङिमा–दाडोमा’ लामा स्मृति प्रतिष्ठानबाट लामाले आफ्नो समाजसेवाको प्रादुभावलाई झन फराकिलो बनाउँदै लगेका छन् ।

७२ को भुकम्पमा परि घाइते भएका हजारौंलाई व्यक्तिगत आर्थिक सहयोगमा उनले हेलिकोप्टर तैनाथ गरी उद्धार गरेका थिए । विपत्तिको बेला उनको महत्वपूर्ण उपस्थिति र सहयोग त्यतिखेर जनमानसमा ओखति बन्यो नै । त्यसको अलवा लामाले हजारौं त्रिपाल, स्वास्थ्य सामग्री र खाद्यन्न पनि सहयोग गरेका थिए ।
स्वास्थ्य क्षेत्रमा असाधारण सहयोग
गृह–जिल्ला दोलखाको स्वास्थ्य क्षेत्रमा उनले असाधारण सहयोग गरेका छन् । निजि खर्चमा माता पिताको नाममा नौं वटा एम्वुलेन्स भिमेश्वर र जिरी नगरपालिकालाई गरी दुई शवबाहन दान गरेका छन् ।

ति एम्वुलेन्स र शवबाहन अहिले पनि सेतो नम्वरल्पेटमा जिल्लामा आवश्यकता अनुसार सञ्चालन भइरहेको छ । कोरोना महामारीमा अक्सिजन स्वास्थ्य सामाग्री अभावमा जनता रहेका बेला उनले निजि सहयोगमा थुप्रै स्वास्थ्य सामाग्रीहरु जिल्लाका अस्पतालहरुलाई निशुःल्क उपलव्ध गराएका थिए ।

भुकम्पमा परी घाइतेहरुको स्वास्थ्य उपचार देखि लिएर उनले परिवारको सदस्य गुमाएका गृहजिल्लाको एक सय ७४ परिवारलाई १५ हजारका दरले नगद सहयोग गरेका थिए । तीनै लामाले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेसंगै कांग्रेस वृतमा लामाको चर्चा छ