२७ साउन, काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनका विषयमा धारणा बनाउन प्रमुख नौ नेताको बैठक सुरु गरेका छन ।

सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधी, दुई महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता मीनेन्द्र रिजाललाई बैठकमा सहभागी भएका छ्न । बैठक देउवा निवास बुढानिलकण्ठमा जारी रहेको छ ।

क्रियाशील सदस्यता विवादले पार्टी महाधिवेशन नहुने संकेत देखिएपछि पौडेल पक्षले दबाब बढाउँदै विशेष महाधिवेशनको चेतावनी दिएको छ । देउवा पक्षले भने महाधिवेशन सम्भव नहुने भन्दै त्यसलाई पार्टीको कुनै पक्षको कमजोरीका रुपमा नअर्थ्याउन आग्रह गर्दै आएको छ ।

पौडेल पक्षले देउवाले पटक-पटक भदौ १६ गते महाधिवेशन उद्घाटन हुन्छ भनेर ढाँटेको भन्दै महाधिवेशन देउवाकै स्वार्थमा सर्ने अवस्था आएको जनाउँदै आएको छ