सुनसरी घटनाबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङले सुरक्षा समितिको बैठक डाकेका छन् ।
सुनसरीमा गएराति भएको घटना, अहिलेको सुरक्षा अवस्था, उत्पन्न परिस्थिति र अबको रणनीतिका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक साँझ पाँच बजे बस्ने गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्रीको अध्यक्षतामा हुने केन्द्रीय सुरक्षा समिति बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायत सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन्।
यसअघि सोमबार बिहान गृहमन्त्रीकै अध्यक्षतामा बसेको बैठकले सुरक्षा अधिकारीहरुलाई समेत सामेल गराएर सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।
समितिलाई ७ दिन भित्रमा घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउन भनिएको छ।

प्रतिक्रिया