नेकपा एमालेका नेता गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङप्रति व्यंग्य गर्दै अब फेरि सुकसुकाउँदै संसदको रोष्टममा रुने दिन आएको बताएका छन् ।
सामाजिक सञ्जालमा बाँस्कोटाले लेखेका छन्, ‘TOB प्रतिनिधि संसदको रोष्ट्रममा फेरि सुँक्सुकाउँदै रुन्छ र सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन । पानी पिउदै भन्छ- हाम्रा भाइबहिनी माथि गोली चलेकोमा आफ्नालाई कति पीडा भईरहेछ। बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन-दोष ती मान्छेको थियो,जस्ले गोली खाए। जवाफदेहिता भए राजीनामा देऊ।’
उनले विगतमा जेन-जी आन्दोलनको सम्पूर्ण दोष सरकारलाई लगाएर वर्तमान सरकारमा सहभागी भएकाले नैतिकता देखाएर जवाफ दिनुपर्ने बताए ।

प्रतिक्रिया