प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

बिहीबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच मुलुकको समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधनमार्फत वर्तमान राजनीतिक अवस्था, सरकारका प्राथमिकता तथा राष्ट्रिय एकताका विषयमा धारणा सार्वजनिक गरेपछि राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटमा देशको समसामयिक परिस्थिति, शासन सञ्चालन तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा विचार–विमर्श भएको जनाइएको छ। भेटवार्ताका थप विवरण भने सार्वजनिक गरिएको छैन।